Monday 19th October 2020

    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय    उदयपुरमा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाईते    विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक

सिवानी लिएर आउँदैछिन् खुश्वु

Saturday, March 24, 2018 National Power


काठमाण्डौ – फिल्म ‘सिवानी’को निर्माण हुने भएको छ । यो फिल्मको सोमबार शुभमुहुर्त गरिएको छ । फिल्मको मुहुर्त सकेर यसको निर्माण टिम छायांकन स्थलतर्फ लागेको छ । फिल्मको छायांकन सर्लाही, जनकपुरमा हुनेछ । यो फिल्ममा अभिनेता सविन श्रेष्ठ, अभिनेत्री छुल्ठिम गुरुङ र खुश्वु खड्का मुख्य भूमिकामा छन् ।

फिल्मलाई एक महिनामा खिचिने निर्माण टोलीले जानकारी दिएको छ । फिल्मले एक बालकको कथालाई पर्दामा प्रस्तुत गर्नेछ । यो फिल्मलाई यूपी खड्काले निर्देशन गर्दैछन् ।

रामजी लामिछानेको नृत्य निर्देशन, पवन गौतमको छायांकन रहेको फिल्मका निर्माता सुरेश खड्का हुन् ।