७ चैत काठमाण्डौ – उपत्यका स्थित जमल, केशरमहल, सोह््रखुट्टे, लैनचौर, थापाथली, कोटेश्वर, कलंकी, नैकाप सडक खण्डमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । उपत्यका स्थित जमल, केशरमहल, सोह््रखुट्टे, लैनचौर, थापाथली, कोटेश्वर, कलंकी, नैकाप सडक खण्डमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । सवारी चाप रहेको स्थानहरुमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरीरहेको छ । यसबोहक उपत्यकाका अन्य मुख्य चोकहरुमा भने सवारी साधन ट्राफिक ब्यबस्थापनका क्रममा केहि समय रोकीनुपर्ने अबस्था रहेको छ । विभिन्न नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन भने सामान्य तवरलेनै संचालन भैरहेका छन् ।
दाङको तुल्सीपुर उपमहानगरपालिका १८ मा आज जिपले पैदल यात्रीलाई ठक्कर दिदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १६ वर्षीया पुजा नेपाली रहेकी छिन् । आज बिहान पौने १२ बजे घोराही बाट तुल्सीपुर तर्फ आउदै गरेको लु १ च ४६ ३६ नम्बरको जिपले बाटोमा हिडी रहेकी नेपालीलाई ठक्कर दिदा गम्भिर घाईते भएकी हुन् । घाईते उनको उपचारको क्रममा राप्ति अंचल अस्पताल तुल्सीपुर दाङमा मध्याह १२ बजे मृत्यु भएको हो । सवारी साधन र जिप चालकलाई ईलाका प्रहरी कार्यलय तुल्सीपुर दाङले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको हेटौडा उपमहानगरपालीका १० भुटनदेवी मोडमा आज बिहान ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । हेटौडा ९ बस्ने ५० बर्षीय मोहन क्षेत्रीको मृत्यु भएको हो । ना ७ ख ४६८ नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाईते भएका क्षेत्रीलाई उपचारको लागी हेटौडा अस्पताल पु¥याउना साथ चिकित्सकले मृत्त घोषणा गरेका थिए । आज बिहान सवा ६ बजे भएको सवारी दुर्घटनामा संलग्न ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ ।