Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

अर्को अन्तराष्ट्रिय रियालिटी शो ‘द भ्वाईस’को घोषणा : विजेताले २५ लाख सहित कार पुरस्कार पाउने

Tuesday, March 20, 2018 National Power

६ चैत , काठमाडौं – विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने भएको छ। आइतवार एक कार्यक्रममा सो कार्यक्रमको औपचारिक घोषणा गरिएको हो। असारबाट प्रशारणमा आउने उक्त रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन्।

सुशील नेपालले संचालन गर्ने उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहने छन्। विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ। विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन्।

‘विश्वमा धेरै खालको गायन कम्पिटिसेंन भए तर जहिले पनि गायन कम्पिटिसेंनको भन्दा अन्य कुराको चर्चा हुने गर्थ्यो तर हामि यो बिवाध भन्दा पर रहेर काम गर्ने सोच गराउदै गर्दा ‘द भ्वाईस’ फेला परेको हो ‘, कार्यक्रम निर्देशक पौडेलले भने। त्यस्तै सोहि कार्यक्रममै ‘ द भ्वाईस अफ नेपाल ‘को एप्स लंच गर्दै एप्सको प्रयोग कसरी गर्ने भन्नेबारे र अडिसन दिन घन्टौ लाईन मा बस्नु नपर्ने कुरा प्रमुख सहायक एबम आइ टि प्रमुख फिरोज तिमल्सीनाले बताए ।

आयोजकको भनाई अनुसार इतिहासमा नै पहिलो पटक उक्त नेपाली शो अन्तराष्ट्रिय प्लाटफर्ममा समेत जानेछ। केहि शोहरु ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ जहाँ संसारभरका प्रतिभालाई अटाईएको छ। यसको फ्रेन्चाइजी विश्वका १९१ मुलुकमा प्रसारण हुन्छ ।