Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

२३ जना बङ्गलादेशी यात्रुको शव ढाका लगियो

Monday, March 19, 2018 National Power

५ चैत ,काठमाडौँ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस–बांग्ला विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २३ जना बङ्गलादेशी यात्रुको शव सोमबार बंगलादेशको राजधानी ढाका पठाइएको छ । बिबिसी नेपाली सेवासँग कुरा गर्दै दूतावासका कन्सुलर अल अलेमुल इमामले नेपाली पक्षले मृतकको पहिचानपछि हस्तान्तरण गरेका बङ्गलादेशी नागरिकको शव बोकेको विमान अपरान्ह २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो ।

पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताएका छन् । बङ्गलादेशी नागरिकहरूको शव लिन बङ्गलादेशबाट विशेष उडान काठमाण्डौँ आएको थियो । विमान ४ बजे ढाकास्थित हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । ती शवहरू ढाकाको विमानस्थलबाट सैनिक रङ्गशाला लगिनेछ जहाँ विशेष प्रार्थनासभा आयोजना हुँदैछ ।

दुर्घटनामा घाइते भएका १० जना बांग्लादेशी यात्रुमध्ये थप उपचारका लागि आठ जनालाई ढाका र दुई जनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए। अझै तीन जना बङ्गलादेशी यात्रुको शव पहिचान हुन बाँकी छ ।