Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ

Monday, March 19, 2018 National Power

५ चैत , काठमाडौं–रौतहटको ब्रिन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवलाई फोन गरेर ‘१० लाख नदिए मार्दिन्छौं’ भन्दै धम्की दिने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

बिगत १२ दिनदेखि यसरी मेयरलाई पैसा मागेर धम्क्याउँदै आएका मोहम्मद साम्सङ आलम र जुल्फिकर शेखलाई ललितपुरको बालकुमारीबाट नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता ९एसपी० जीवन श्रेष्ठले जानकारी दिए ।

२५ वर्षीय आलम रौतहट स्थित कठरिया नगरपालिकाका स्थायी बासिन्दा हुन् । त्यस्तै ४५ वर्षीय जुल्फिकर शेख रौतहटको राजपुर नगरपालिकाका स्थायी बासिन्दा भएको बताइएको छ । उनीहरुलाई प्रहरीले आईतबार राती नियन्त्रणमा लिएको हो ।