Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

शौर्यजितको ‘चौका दाउ’लाई पुर्नेन्दु झाले निर्देशन गर्ने

Thursday, March 15, 2018 National Power

१ चैत, काठमाडौँ – चलचित्र ‘चौका दाउ’ बन्ने घोषणा भएको छ । बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गरि उक्त चलचित्र बन्ने बारे घोसणा गरिएको हो । शौर्य प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रलाई निर्देशक पुर्नेन्दु झाले निर्दशन गर्ने भएका छन् ।

मनोज राज भण्डारीको लगानी रहने कमेडी जनारामा बन्न गैरहेको यस चलचित्रमा सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राइ, रविन्द्र झाको मुख्य अभिनय रहने छ भने अतिथि भूमिकामा स्वामी बिकासा नन्द, बरिष्ट पत्रकार ऋषि धमला र हास्यकलाकार निर्मल शर्माको रहने बताइएको छ । हालसम्म चलचित्रका महिला पात्र भने सार्वजनिक गरिएको छैन ।

कार्यक्रम प्रमुखका अनुसार महिला भूमिकाको नाम दोश्रो चरणमा सार्वजनिक गरिने छ । शम्भुजित बास्कोटाको कथा रहेको चलचित्रमा संगीत पनि बास्कोटाकै रहेको छ । बसन्त श्रेष्ठ र मौषम हिमालीको कोरियोग्राफी रहने चलचित्रलाई दिर्घ गुरुङले खिच्ने भएका छन् । चलचित्रको सम्पूर्ण छायांकन काठमाडौँ भित्रै गरिने बताइएको छ ।