Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

ट्राफिक अपडेट

Thursday, March 15, 2018 National Power

१ चैत्र, काठमाडौं – उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका १६ वटा दुईपाङग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले आज धनीलाई हस्तान्तरण गरेको छ । । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरिक्षक सर्वेन्द्र खनालले धनीलाई १२ वटा मोटरसाइकल र ४ वटा स्कुटर हस्तास्तरण गर्नु भएको हो । मोटरसाइकल हराएको भनि महानगरीय ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा ट्राफिक प्रहरीले मोटरसाइकलको खोजी गरेको थियो । ठमेल,महाबौद्ध,टिचिङ,पैयाटार,नारायणटार,बुद्धनगर,बिसालनगर,स्वयम्भु,सातदोबाटो , कपन,महांकाल, धुम्बाराही र गल्फुटारबाट मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले फेला पारेको हो ।मोटरसाइकल चोरीमा संलग्न काठमाडौँको रविभवन बस्ने ४३ वर्षीय चिनलाल पाख्रिन, जोरपाटी बस्ने ३२ वर्षीय मैते कोइराला र सिन्धुपाल्चोक चौताराका २४ वर्षीय सुगम तामाङलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाइ थप अनुसन्धान तथा कार्वाहीको लागि आजै महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ललितपुरको भैसेपाटि नख्खुडोल स्थित आफ्नै डेरा कोठामा एक पुरुष मृत्त फेला परेका छन् । वतन नखुलेका २९ बर्षिय पुरुष ब्यक्ति मृत्त फेला परेका हुन् । आज दिउसो सवा १२ बजे आफ्नै कोठा भित्र सुतिरहेको अवस्थामा उनि मृत्त फेला परेका हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी प्रभाग बुङ्गमती ललितपुरले जनाएको छ । त्यस्तै काठमाडौँको गौरीघाटको खाली जग्गामा आज एक नवजात शिशुको शव फेला परेको छ । आज विहान ८ बजे प्लाष्टिकमा पोको पारेर फालेको अवस्था नवजात शिशुको शव भेटिएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

रोल्पाको थवाङ गाउँपालिका १ गाबाङको भिरबाट लडेर आज एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७२ बर्षिय ईख बिर रोका रहेका छन् । हिजोदेखी घरबाट हिडेका उनि आज मध्यान्न १२ बजे भिरबाट लडेको अवस्थामा उनि मृत फेला परेका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय थवाङले जनाएको छ । तनहुँको भिमाद नगरपालिका १ उर्दी टोलमा आज आगोले जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५० बर्षिय मधु सिग्देल रहेकी छिन् । आज दिउसो साढे १ बजे आफ्नो घर देखि ५० मिटर टाढा रहेको खरबारीमा खर जम्मा गरी आगो लगाउने क्रममा सोही आगोले जलेर महिलाको मृत्यु भएको प्रहरी चौकी किहुँ तनहुँले जनाएको छ ।

बाराको प्रसौनी गाउँपालिका ३ प्रसौनीमा आज २ समुहविच विवाद हुने क्रममा कुटपिट समेत हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थनीय ६५ वर्षीय गनपत राउत कुर्मी रहेका छन् । आज विहान पौने ९ बजे भएको कुटपिटमा गम्भीर घाइते भएका गनपतको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । गनपत राउत कुर्मी र सोही ठाउँका प्रमोद पटेल तथा विनोद पटेलको समुह बिच जग्गाको विषयमा विवाद भएको थियो । सोही क्रममा पटेल द्धयले गनपतलाई कुटपिट गरेका थिए । पटेल द्धयलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।