Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

‘डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

Thursday, March 15, 2018 National Power

काठमाडौं – ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी सोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नदिएको खुलेको छ । एक राष्ट्रिय टेलिभिजनबाट सञ्चालित उक्त रियालिटी सोको पहिलो सिजनमा प्रथम हुनेलाई १ लाख, दोस्रो सिजनमा साढे दुई लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई १८ हजार नगद पुरस्कारसहित विभिन्न ठाउँमा जागिर लगाइदिने बताइए पनि विजेताहरुले अहिलेसम्म पनि पुरस्कार नपाएको खुलेको हो ।

विजेतालाई पुरस्कार नदिइ आयोजक सम्पर्कविहीन भएपछि पीडितहरुले महानगरीय अपराध महाशाखामा उजुरी समेत दिएका थिए । उजुरीको आधारमा प्रहरीले आयेजक भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालक काठमाडौं–४, धुम्बाराहीका विक्रम अछामीलाई पक्राउ गरेको छ । उनलाई बुधबार बागबजारबाट पक्राउ गरी थप अनुसन्धान थालिएको हो ।