Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

आवश्यकताका आधारमा संविधान संशोधनः प्रधानमन्त्री ओली

Wednesday, March 14, 2018 National Power

३० फागुन, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।प्रतिनिधिसभा, राष्टिकयसभा तथा प्रदेशसभा सांसदहरुको सम्मानमा बालुवाटारमा आयोजित चियापानलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समयको मागअनुसार संशोधन हुन्छ ।’ उनले अघि भने, देशलाई नोक्सानी हुने, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संशोधन हुन्छ । ’

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने पनि बताए । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाविरुद्ध जागरण अभियान चलाइन्छ’ उनले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने दोहो¥याए । सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने जस्ता प्रचार गरेर भ्रम छर्न खोजेको भन्दै उनले भने, ‘यस्ताभ्रममा पर्नु हुँदैन । सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय अब सकियो ।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिए । जनताको मतले सांसद भएको भन्दै उनले सांसदका हरेक गतिविधि जनताको हितका निम्ति हुनु पर्ने बताए । ‘जनताले जे कुरा मन पराउछन्, त्यो गर्नुहोस । जे मन पराउँदैनन् त्यो गदै नगर्नुस्’ उनले भने । कार्यक्रममा एमाले, माओवादी केन्द्र, फोरम र राजपाका प्रतिनिधिसभा, राष्टिकयसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती थियो ।