Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

ट्राफिक अपडेट

Wednesday, March 14, 2018 National Power

३० फागुन,काठमाण्डौ – उपत्यका स्थित कलंकी, कोटेश्वर सुन्धारा नागस्थान, लैनचौर र खानीविभाग हुँदै चल्ने सवारी साधन चापमा चलिरहेका छन् । बिहानको पिक आवरका कारण यी स्थानमा सवारी चापम बढेको हो । सवारी चाप रहेको स्थानमा ट्राफिक प्रहरीले आवगमन समज बनाउने प्रयास गरिरहेको छ ।सवारी चाप रहेको स्थानमा ट्राफिक प्रहरीले आवागमन व्यबस्थापन गरिरहेको छ ।उपत्यका अन्य चोकमा भने सवारी साधन ट्राफिक व्यबस्थापनका क्रममा केही समय रोकिनु पर्ने छ ।

आज बिहान साढे ७ बजे कुखुराको चल्ला बोकेर ओखलढुङ्गाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको को २ च १३४९ नम्बरको बोलेरो सडकबाट करिब १ सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक सिद्धिचरण नगरपालिका कै वडा नम्बर १ तलुवाका २१ वर्षीइ शिव कुमार भुजेलको घटनास्थल मै मृत्यु भएको हो । गम्भीर घाइते भएका बोलेरोका परिचालक ओखलढुङ्गा कै मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेलका १९ वर्षीय अर्जुन गौतमको भने ओढु मिसन अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ रिद्धिखोला नजिकै आज २ वटा ट्रक आपसमा ठोकिंदा १ जना घाइते भएका छन् । आज बिहान पौने ५ बजे हेटौंडाबाट सिमेन्ट लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ८९८६ नम्बरको ट्रक र विपरित दिशातर्फ जाँदै गरेको ना ६ ख १४३६ नम्बरको खाली ट्रक आपसमा ठोकिएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका ८९८६ नम्बरको ट्रकका चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ४ का २४ वर्षीय सन्तोष तामाङको भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना पश्चात् फरार रहेका १४३६ नम्बरको ट्रकका चालकको भने खोजी भइरहेको छ ।

मकवानपुर कै भिमफेदी गाउँपालिका ६ जुरीखेतमा आज विहान सवा ३ बजे विवाद हुने क्रममा कुटाकट समेत हुँदा २ जना घाइते भएका छन् । बाटोमा साइड नदिएको विषयमा बा १५ च ११४४ नम्बरको कारमा सवार ब्यक्तिहरु र बा ४ ख ९९२५ नम्बको ट्रकमा सवार व्यक्तिहरु बिच विवाद भएको थियो । विवादका क्रममा कुटाकुट समेत हुँदा ट्रकका धनि काठमाडौँ दक्षिणकालीका २० वर्षीय दिपेश बलामी र कारमा सवार मकवानपुरको बकैया गाउँपालिका ६ छतिवनका २० वर्षीय मन कुमार खड्का घाइते भएका हुन् । घाइते दुवैलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ ।

ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ५ सय ७३ जना सवारी चालकहरु हिजो उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन् । जसमध्ये लेन उल्लङ्घन गर्ने २६२ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने २१९ चालक रहेका छन् । त्यस्तै, जथाभावि सवारी पार्किङ गर्ने ११४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६८ जना र अनावश्यक हर्न बजाउने ३० चालकलाई पनि ट्राफिक प्रहरीले हिजो कार्वाही गरेको छ ।