Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

एक करोडको पुरस्कारका साथमा नेपाली चलचित्रमा प्रबेश गर्ने सुनौलो अवसर

Tuesday, March 13, 2018 National Power

२९ फागुन, काठमाण्डौ – नेपालका कुना कन्दरामा छरिएर रहेका प्रतिभाहरुलाई एकै मञ्चमा ल्याउने र उत्कृष्ठ प्रतिभावानलाई पुरस्किृत गर्ने उदेश्यले ओ मेगा ईन्टरटेनमेन्ट ले नेपाल्स मेगा सिने स्टार सुरु गर्ने भएको छ । राजधानीमा ओ मेगा ईन्टरटेनमेन्टले एक कार्यक्रमको आयोजना गरि उक्त अडिसन बारे जानकारी दिएको होे ।


चलचित्र निर्देशक माधव राज खरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गीतकार तथा निर्देशक यादव खरेल प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि खरेलले यस्ता किसिमका कार्यक्रमहरुले लुकेर रहेका प्रतिभाहरुलाई उचित अवसर र मञ्च प्राप्त हुने विश्वास व्यक्त गर्नुका साथै उक्त अडिसन आयोजक पक्षलाई सफलताको सुभकामनाका र बदाई दिए । यहि चैत्र २८ गते बाट नेपालका विभिन्न सात ओटा सहर हरुमा गरिने अडिसनमा शोभित बस्नेत,निश्छल बस्नेत, र माल्बिका सुब्बाको समुहले उत्कृष्ठ प्रतिाभा छनोट गर्ने छन् । त्यस्तै अडिसनको बारेमा बोल्दै तिनै जना जजहरुले आफुहरुले सकेसम्म राम्रो जुरीको काम गर्ने बताए । अडिसन ईटहरी,  रगञ्ज,नेपालगञ्ज,चितवन, बुटवल, पोखरा हुदै अन्तिम चरणको अडिसन राजधानी काठमाण्डौमा हुने र विजेताले नगद २० लाखका, एउटा कार र एक फिल्ममा अनुबन्धितका साथै एक वर्ष सम्म ५० लाख बराबरको अभिनय करारनामा जित्ने अवसर प्राप्त गर्ने आयोजक समितीका अध्यक्ष प्रबेश सम्राट बरालले जानकारी दिए ।

साथै नेपालमा अहिले सम्म हुदै आएका धेरै खाले शो हरु मध्ये नेपाल्स मेगा सिने स्टार फरक खालको रहेको समेत उनले बताए । शोका कार्यक्रम प्रमुख समिर लामाले असार पहिलो साताबाटनै टेलिभिजनबाट उक्त शो प्रसारण गरिने बताए । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने जो कोहिको पनि यो सुनौलो अवसर हुनेछ । यस अवसरलाई प्राप्त गर्न आ–आफ्नो शहरमा हुने अडिसनमा सहभागी भएर आफ्नो कला लाई अभिनय मार्फत प्रस्तुत गर्नु पर्ने छ । कार्यक्रमको ईभेन्ट प्रमुखमा मन्दिप कोईराला र अर्थ व्यवस्थापक सुर्य बहादुर थापा रहेका छन् ।कार्यक्रममा अभिनेता सरोज खनाल,निर्माता तथा निर्देशक आकाश अधिकारी,चलचित्र वितरक गोपाल काजी कायस्थ,प्राविधिक संघका अध्यक्ष पुस्कर लामा,सञ्चारकर्मी लगायतकाको सहभागीता रहेको थियो ।

कमला जोशी
सम्पादक पावर न्युज मासिक