Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

ट्राफिक अपडेट

Tuesday, March 13, 2018 National Power

२९ फागुन,काठमाडौँ –   उपत्यका स्थित बल्खु हुदै कंलकी र नागढुङ्गा नाका हुँदै चल्ने सवारी साधन यतिबेला क्युमा चलिरहेका छन् । यसबाहेक उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ । नागढुङ्गा नाका बाहेक अन्य नाकामा पनि सवारी साधन सामान्य तवरले गुडिरहेका छन् । गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी ९ हजार ४ सय ४२ वटा सवारी साधनमा ७१ हजार ७ सय ३५ जना यात्रु उपत्यका भित्रिएका छन् । ९ हजार ६ सय ६० वटा सवारी साधन प्रयोग गरी ७३ हजार १ सय ८० जना यात्रु उपत्यकाबाट बाहिरीएका छन् । गएको २४ घण्टामा उपत्यकामा १९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । घाईतेहरुको उपत्यका स्थित विभिन्न अस्पतालहरुमा उपचार भैरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चितवनको इच्छाकामना गाँउपालिका चुम्लिङ्टारमा गएराती कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धादिङ कै जुगेखोलाका २३ वर्षिय सरोज सुवेदी रहेका छन् । उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कार चालक सहित ३ जनाको भरतपुर मेडिकल कलेज चितवन मै उपचार भैरहेको छ । गएराती साढे २ बजे बा १२ च ४६१५ नम्बरको कार अनियन्त्रित भई सडक किनाराको नालिमा पल्टिएको ईलाका प्रहरी कार्यलय मुग्लिनले जनाएको छ ।

चितवनको ईच्छाकामना गाँउपालिका ६ स्थित पाँच किलोमा पनि गएराति ग्याँस बुलेट पल्टिंदा चालकको मृत्यु भएको छ । मृतक भारतीय नागरिक रहेको र उनको सनाखत भने हुन नसकेको चितवन प्रहरीले जनाएको छ । गएराति साढे ९ बजे भारतीय नम्बरको ग्याँस बुलेट अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको इलाका प्रहरी कार्यलय मुग्लिङले जानकारी दिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा गएराती सडक डिभाइडरमा मोटरसाइकल ठोकिंदा २ जना घाइते भएका छन् । घाइते हुनेमा भक्तपुरको सृजनानगर बस्ने जुम्लाका २३ वर्षीय अनमोल नेपाली र पछाडि सवार २५ वर्षीय विरेन्द्र शाही रहेका छन् । घाइते दुवैको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ । गएराती १ बजे बा ५३ प ९२ ५९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडकको डिभाइडरमा ठोकिएको थियो ।

स्याङ्जाको भिरकोट नगरपालिका १ मुहि चौतारामा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री भिरकोट नगरपालिका ६ का ३९ वर्षीय कुल बहादुर जि।सी। र मोटरसाइकल चालक सोही ठाँउमा बस्दै आएका रुपन्देहीका ३० वर्षीय सुरज चौधरी रहेका छन् । घाइते चौधरीलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । जि।सी।को भने भिरकाटे अस्पताल बयरघारीमा उपचार भइरहेको छ । हिजो बेलुकी सवा ८ बजे ग ४ प २३ ५३ नम्बरको मोटरसाइकल, पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।

बाकँेको खजुरा गाउँपालिका ३ मा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जना गम्भीर घाइते भएका छन् । हिजो बेलुकी पौने ८ बजे खजुरा गाउँपालिका २ की १२ वर्षिया दिक्षा गुरुङलाई ठक्कर दिएर भे २ प ११०८ नम्बरको मोटरसाइकल, पल्टिएको थियो । दुर्घटनामा घाइते भएकी दिक्षा र मोटरसाइकल चालक सोही ठाँउका टेक बहादुर गुरुङको नर्सिङहोम नेपालगंजमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।