Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

डिजिटल मार्केटमा पर्यटन बोर्ड : कल्चरल पर्यटन भित्र्याउने लक्ष्यमा

Monday, March 12, 2018 National Power

काठमाडौं – नेपाल पर्यटन बोर्डले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न अब डिजिटल मार्केटमा लम्किएको छ । विज्ञानको विकासले विश्वव्यापी बजार लिइरहेको अवस्थामा बोर्डले भने बल्ल आफ्नै यूट्यूबको माध्यमबाट पर्यटन प्रबद्र्धनमा अगाडि बढेको हो । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बोर्डले आफ्ना प्रचार सामग्रीलाई पत्रकारसामु प्रस्तुत गरेको हो । परम्परागत शैलीलाई प्रचार प्रसार गर्दै परिवर्तित समयको माग अनुसार चल्नका लागि बोर्डले प्रचार शैलीलाई डिजिटल माध्यमबाट पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा कीर्तिपुरको पर्यटकीय क्षेत्रलाई समावेश गरेर तयार पारिएको भिडियो सार्वजनिक गरिएको थियो । जसमा द्यबचतयकश ःष्भचशभलकपष्, सबिन बास्तोला, रजनी खत्रीले अभिनय गरेका छन् भने संगीत विजु कर्माचार्यको रहेको छ । दीपा महर्जनको स्वर रहेको उक्त भिडियोमा मन्दिप गौतमको स्क्रिप्ट, गीतरचना र निर्देशन रहेको छ । त्यसैगरी बलराम बुढाथोकीको निर्देशन, ड्रोन, छायाँकन, सम्पादन रहेको छ ।
त्यसैगरी मुस्ताङको पर्यटकीय क्षेत्रलाई लिएर तयार पारिएको म्यूजिक भिडियो ‘हाम्रो मुस्ताङ’ पनि देखाइएको थियो । विपिन किरणको शब्द, मिलन मोक्तानको संगीत र टीका प्रसाईको स्वर रहेको उक्त भिडियोलाई बादल थकालीको परिकल्पनामा निर्माण गरिएको थियो । निरज थकाली र असिम शेर्पाको निर्माणमा तयार भएको उक्त भिडियोमा पोखरादेखि मुस्ताङसम्मको पर्यटकीय क्षेत्रलाई देखाउन सफल भएका छन् ।
मुलुकभित्रको मौलिक कला संस्कृति, हिमाल, पहाड, मन्दिर, ताल तलैया, नदी नाला सम्पूर्ण पर्यटकीय क्षेत्रलाई गीतसंगीतको क्षेत्रबाट प्रबद्र्धन गर्ने उद्देश्यले अघि बढेको बोर्डका निमित्त कार्यकारी निर्देशक हिक्मत सिंह ऐरले बताए । उनले आन्तरिक र बाह्य पर्यटनलाई लोभ्याउनका लागि पनि कल्चरल टुरिजमको अवधारणा अघि सारेको बताए । यसले बोर्डको अर्काइभलाई पनि मजबुत बनाउने र विश्वव्यापी रुपमा पर्यटनको प्रबद्र्धनका लागि पनि टेवा पुग्ने निमित्त कार्यकारी निर्देशक ऐरको धारणा थियो ।  पर्यटन बोर्डको आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको यो दुईवटा भिडियोलाई सार्वजनिक गरिएको थियो ।