Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

वसन्त र राजुले मनाए मित्रताको रजत जयन्ती

Saturday, March 10, 2018 National Power

काठमाडौं – ‘रित्तो सडकमा‘’ बोलको यो गीत नसुन्ने सायदै होलान् । करिब २५ वर्षअघि रिलिज भएको यो गीत ‘प्रतिविम्ब’को हो । कुनै समय श्रोता तथा दर्शकको ढुकढुकी बनेको यो गीतका गीतकार बसन्त वित्यासी थापा हुन् भने संगीत राजु सिंहले गरेका हुन् । यसै गीतमार्फत सांगीतिक सहकार्य गर्दै आएका गीतकार बसन्त र संगीतकार राजुले आफ्नो सहकार्यको रजत जयन्तीको अवसरमा शुक्रबार नयाँ गीत तथा भिडियो सार्वजनिक गरे ।

‘तिमी मेरो साथी’ नामक एल्वमको ‘फुल भन्दा कमि छैन’ बोलको गीत तथा भिडियो सार्बजनिक गर्दै संगीतकार राजुले भने, ‘यो हाम्रो सांगीतिक सहकार्यले २५ वर्ष पार गरेको छ । यहाँसम्म आउँदा पनि हाम्रो मित्रता र सांगीतिक सहकार्य उस्तै सुमधुर र अकाट्य छ ।’
संगीतकार राजुले आफ्नो सांगीतिक करिअरबाटै गीतकार बसन्तसँग सहकार्य गर्दै आएका हुन् ।

राजु र बसन्तलाई ‘नजरको दोषी बनि’, ‘रित्तो सडक’जस्ता चर्चित गीत दिएपछि अगाडि बढ्न सजिलो भयो । गीतकार बसन्तले ती गीतले आफ्नो ट्रनिङ पोइन्ट ल्याएको बताउँदै बताए । उनले संगीत क्षेत्रमा २५ वर्षे लामो यात्रामा धेरै उतार चढाव आए पनि आगामी दिनमा यस्तै सहकार्य रहिरहने बताए ।

सार्बजनिक गरिएको उक्त भिडियोमा गणेश अग्रवाल, साधना शर्माको अभिनय रहेको छ भने राजेश पायल राईको स्वर, राजु सिंहको संगीत तथा बसन्त वित्यासी थापाको शब्द तथा प्रदिप श्रेष्ठको एरेञ्ज रहेको छ । सञ्जय पाण्डेले निर्देशन गरेको यस भिडियोलाई सुरेश बज्राचार्यले खिचेका हुन् ।

मिलाप मासिकले आयोजना गरेको उक्त भिडियो बिमोचन कार्यक्रममा कलाकार उत्तम केसीले सांगीतिक यात्राको २५ वर्ष वितिसक्दा २०४९ सालबाट रित्तो सडक नामक गीतबाट यहाँसम्म आइपुगेकोमा बधाई दिँदै आगामी दिनहरुमा पनि यो मित्रता रहिरहोस् भन्दै सार्बजनिक भिडियोलाई समेत शुभकामना दिएका थिए ।

SCREEN NEPAL .COM