Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

ट्राफिक अपडेट

Friday, March 9, 2018 National Power

२५ फागुन, काठमाडौं –उपत्यका स्थित थापाथली, माईतीघर, टेकु, केशरमहल, लैनचौर, सोह्रखुट्टे, कलंकी, कोटेश्वर, जडिबुटी हुँदै चल्ने सवारी साधन भने यतिबेला केही चापमा चलिरहेका छन् । बल्खु, नख्खु, एकान्तकुना, चावहिल, मित्रपार्क र गौशाला हुँदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यसबाहेक उपत्यकाका अन्य चोकमा भने सवारी साधन ट्राफिक ब्यवस्थपनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ । उता बसुन्धारा टोखा चल्ने सवारी साधनको आवागमन प्रभावित भएको छ । ढल मर्मतको काम भैरहेका कारण उक्त सडकखण्ड हुँदै चल्ने सवारी साधनलाई सामाखुशी ग्रिनल्याण्ड हुँदै चलाइएको छ । विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरीने सवारी साधनको आवागमन भने सामान्य रहेको छ ।

सप्तरीको कंचनरुप नगरपालीका ११ मा आज दुई वटा मोटरसाईकल आपसमा ठोकिदा ४ जना घाईते भएका छन् । ना २१ प ९५ ६५ र लु ३४ प ६५ ८५ नम्बरका मोटरसाइकलहरु आपसमा ठोकिएका हुन् । दुर्घटनामा ९५ ६५ नम्बरको मोटरसाईकल चालक कंचनपुर नगरपालीका ११ का ४० बर्षीय विरेन्द्र मण्डल, पछाडी सवार ६० बर्षीय सुर्य नारायण चौधरी, ६५ ८५ नम्बरका चालक सप्तरी डाक्नेश्वरी नगरपालीका ९ का २६ बर्षीय अजय कुमार चौधरी र पछाडी सवार १८ बर्षीय प्रभाष चौधरी घाईते भएका हुन् । घाईते मध्ये सुर्य नारायणको अवस्था भने गम्भिर रहेको छ । उनलाई उपचारको लागी गोल्डेन अस्पताल विराटनगर पठाईएको छ । अन्य घाईतेको स्थानिय धर्मेश्वर अस्पतालमै उपचार भैरहेको छ । आज बिहान ९ बजे, भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय ठेलिया सप्तरीले नियन्त्रणमा लिएको छ ।

बाराको निजगढ नगरपालिका ९ स्थित कुमारी बैंक नजिकै आज बोलेरो जिपको ठक्करबाट साइकलयात्री घाइते भएका छन् ।आज बिहान पौने ८ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको ना ३ च ७५ ९३ नम्बरको जिपले निजगढ नगरपालिका ९ का ४५ वर्षीय निमा दोर्जे सवार रहेको साइकललाई ठक्कर दिएको थियो । घाइते दोर्जेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय निजगढ बाराले नियन्त्रणमा लिएको छ ।