Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

गायक मोहन खड्का र गायिका सिर्जना चेपाङको “ धुरु धुरु रुनु पर्ला नी ” ( भिडियो सहित )

Friday, March 9, 2018 National Power

२५ फागुन ,काठमान्डौँ – भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रमेश रिमालाको लोकदोहोरी गित “ धुरु धुरु रुनु पर्ला नी ” युटुव मार्फत बजारमा आएको छ । मायालुले आफनो भावनालाई बुझेको भए पागल बन्नु नपर्र्ने कुरा गित मार्फत ब्यक्त गरिएको छ । एक अर्काले आपसी रुपमा माया नबुझदा विछोड जस्तो अवस्थाको सामना गर्नुपर्ने कुरा गितमा ब्यक्त गरिएको छ ।

आशुँ र विछोडको अवस्थामा आपसीमा हुने मार्मिक व्यथालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ । रमेश रिमाल र अञ्जली अधिकारीद्धारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भए सगै अत्याधिक चर्चाको शिखरमा रहेको निमार्ण पक्षले जनाएको छ ।सन्देशमुलक यस गीतमा गायक मोहन खड्का र गायिका सिर्जना चेपाङको सुमधुर आवाज रहेको छ ।

राजेन्द्र खड्काको शब्द र गायक मोहन खड्काले नै गीतमा लय भरेका छन् । सुरेश श्रेष्ठले खिचेको उक्त भिडियो लाई कपिल लामाले निर्देशन गरेका हुन् । भिडियो भावना म्युजिक सोलुसनले बजारमा ल्याएको हो । विछोडका मर्मिक भावहरुलाई समेटेर नेपाली लोक गित संगितको विकाशमा सहयोग पुयाउने अपेक्षाका साथ गित ल्याएको प्रस्तुतकर्ता रमेशले बताए । “ धुरु धुरु रुनु पर्ला नी ” गितको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो