Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

लालिगुराँस नेशनल एकेडेमीको दशौँ वार्षिकोत्सव समारोहमा विभिन्न ११ देशका कलाकारहरुको प्रस्तुति

Thursday, March 8, 2018 National Power

२४ फागुन,काठमाण्डौ – एभरेष्ट नेपाल कल्चर गु्रपको आयोजनामा नवौ अन्तराष्ट्रिय लोक साँस्कृतिक मेला एक समारोहको विच सम्पन्न गरेको छ । लालिगुराँस नेशनल एकेडेमीको दशौँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न ११ देशका कलाकारहरुको प्रस्तुति सहितको बार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

नेकपा माओवादीका अध्यक्ष एवं पुर्वप्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल, भारत,बँगलादेश, मलेसिया,ईण्डोनेसिया,ईजरायल ईष्टोनिया,ईटली,ग्रीस,टर्की र कोष्टारीका गरि ११ वटा देशका कलाकारहरुले आ आफ्नो देशको साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा पुर्व प्रधानमन्त्री दाहालले यस्ता किसिमका कार्यक्रमले देशको लोक साँस्कृतिको पर्यटन प्रवद्र्धन मात्रै नगरेर विश्वभरीका सँस्कृतिको अन्तक्रिय मार्फत मित्रताको भावनालाई अझ बलियो बनाउन सहयोग पुग्ने बताए ।

साथै लालिगुराँस एकेडेमीले शिक्षाका साथ साथै कला र सँस्कृतिमा पनि योग्य र कुशल नागरिक जन्माउने जमर्को गरेकोमा एकेडेमीका सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा धन्यबाद समेत दिए । नयाँ संस्कृतिलाई अगाडी बढाउने प्रयास गरेकोमा शुभकाना दिए । कार्यक्रममा विदेशी कलाकारहरु, संस्कृतिविद सत्यमोहन जोशी लगायत स्रष्ठा र सर्जकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा लालिगुराँस एकेडेमी, ऐश्वर्य सेवा समाज र नेपाल फक्लोरीक फाउण्डेसन सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कमला जोशी/ सम्पादक पावर न्युज मासिक