Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

आजबाट धुलिखेलमा काभ्रे महोत्सव हुँदै,

Wednesday, March 7, 2018 National Power

२३ फागुन,काभ्रे  – जिल्लाको इतिहास, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि झल्कने चित्रकला तथा तस्विर प्रदर्शनी हुने काभ्रे जिल्लाको पर्यटकीय नगरको पहिचान बनाएको धुलिखेल नगरपालिकामा बुधबारबाट काभ्रे महोत्सव हुँदैछ । फागुन २३ गते बुधबारदेखि चैत्र ३ गतेसम्मका लागि आयोजना भएको काभ्रे महोत्सवमा विभिन्न उत्पादनहरूको प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछन् ।


महोत्सव धुलिखेल उद्योग वाणिज्य संघको धुलिखेल रंगशालामा हुन लागेको हो । ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय तहमा रहेका आर्थिक विकासका सम्भाव्यता र चुनौती पहिचान गरी त्यसका आधारमा आर्थिक विकासको खाका कोर्नका लागि कोसेढुंगा सावित हुने आयोज संस्था धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले जानकारी दिए ।

कोजुले महोत्सवको प्रदर्शनीमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधि आदि सेवा र वस्तु रहने र करिव १५० प्रदर्शनी कक्ष रहने बताए । महोत्सवका अवसरमा काभ्रेपलाञ्चोक जिल्लालगायत प्रदेश नं ३ तथा राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योग व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रमका साथै जिल्लाको इतिहास, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि झल्कने चित्रकला र तस्वीरसमेत प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

. अरबिन्द्र गौतम/ काभ्रे संवाददाता