Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

गौतमको संयोजकत्वमा हिन्दु जागरण नेपाल वनेपाको तदर्थ समिति गठन

Tuesday, March 6, 2018 National Power

काभ्रे  – धर्म परिवर्तन विरुद्ध देशव्यापी रुपमा अभियान चलाईरहेको हिन्दु जागरण नेपालले संगठन विस्तारलाई तिव्रता दिएको छ । धर्म परिवर्तनको माध्यमले समाजका हरेक अंगलाइ एकांगी सोच सृजना गरेर समाजका व्यक्तिहरुलाई छिट्टै सामाजिक विभाजन ल्याई आफ्नो निहित स्वार्थ पुरा गर्न तल्लीन पन्थहरुको सक्रियतालाई चिर्न हिन्दु जागरणले सशक्त आवाजलाई संगठित गराउने प्रयास स्वरूप देशका बिभिन्न भागमा संगठन बिस्तार गराउदै जनचेतना जगाउने कार्य गरिरहेको हो ।


यसै सिलसिलामा हिन्दू जागरण नेपालका केन्द्रीय सदस्य एवं प्रशिक्षण विभागका संयोजक श्री पुष्पराज बोलखे तथा हिन्दु जागरण नेपाल काभ्रेका संगठन प्रमुख बिजय अधिकारीको समुपस्थितिमा बनेपा नगरपालिकामा बनेपा नगर तदर्थ समिति गठन भएको छ । गठन भएको संगठनमा सदस्यहरू तोरण प्रसाद गौतम ,प्रकाश अधिकारी, नेत्रप्रसाद अधिकारी, उषा न्यौपाने, केदारनाथ अधिकारी, गणेशप्रसाद सापकोटा र अशोक गौतम चयन भएका छन् । यस तदर्थ समितिले यथाशीघ्र बनेपा नगरपालिकाको हरेक वडामा समिति बिस्तार गरेर नगर समितिलाई पूर्णता दिने घोषणा गर्नु भएको छ ।

त्यस्तै श्री कृष्ण प्रणामी मन्दिर बनेपामा भएको कार्यक्रममा लोक गायक मच्छेश्वर सापकोटा तथा राष्ट्रिय धर्म सभाका सदस्य उद्धव नेपाल लगायतका महानुभावहरुको आतिथ्यता रहेको थियो ।


यसै गरि हिन्दु जागरणका पश्चिम कमाण्ड प्रमुख श्री यम बहादुर भण्डारीको प्रमुख आतिथ्यता एवं केन्द्रिय सदस्य अन्जु बस्याल , घनश्याम प्रेमी, बाँके जिल्ला समितिका सचिव नागेश्वर कृष्ण ज्युको आतिथ्यतामा सुनिता पाण्डे ज्युको अध्यक्षतामा जिल्ला समिति बाँके महिला बिभाग र सुरज थापा ज्युको संयोजकत्वमा हिन्दु जागरण बिद्यार्थी परिषद बाँके जिल्ला समिति गठन भएको छ ।

हिन्दु जागरण नेपालले पूर्वी कमाण्ड प्रमुख चेतन संग्रौलाज्युको नेतृत्वमा पुर्बिक्षेत्रमा १७ गते बिहिबार ईटहरिलाई केन्द्र बनाई धर्म परिवर्तन बिरुद्ध बिबिध गतिबिधि संचालन सम्बन्धि प्रशिक्षण कार्यक्रम राखेको र सो कार्यक्रममा जसमा झापा , मोरंग , सुनसरि उदयपुर बाट सहभागिता रहने जानकारी हामीलाई प्राप्त भएको छ ।

  • अरविन्द्र गौतम (काभ्रे संवाददाता)