२२ फागुन,बनेपा/ अरबिन्द्र हामी सबै मिली बनेपा र आस पासको कला संस्कृतीको जगेर्ना गरौ भन्ने नारा लिएर यहि चैत्र ३ गते ईको ईन द भ्याली म्युजिक फेस्टिवल हुने भएको छ । बनेपाको थानपती नारायण मन्दिर र तिनधारा डबलीमा हुने फेस्टिवलमा मौलीक बाजा गाजा कला र सँस्कृतिको प्रचार प्रसार एवम् प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
साथै निशुल्क रुपमा फेस्टिवलको अवलोकन गर्न पाईने छ । मेलाको प्रचार प्रसार को लागि यहि फागुन २६ गते सनिश्चवार चण्डेश्वरी बगैचामा कुटुम्ब र कान्तिबाबाको विशेस प्रस्तुति समेत राखिएको बताईएको छ । सो प्रस्तुतीको अवलोकन गर्न आयोजक पक्षले सबैलाई आवाहन गरेको छ ।