Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

Monday, March 5, 2018 National Power

२१ फागुन, काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा सोमबार काठमाडौं आउँदैछन् । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी सोमबार अपरान्ह सवा तीन बजे नेपाल आउन लागेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेपालमा करिव २० घण्टा बिताउनेछन् र यसबीचमा राजनीतिक भेटवार्ता पनि गर्नेछन् ।

आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अब्बासीलाई अर्थमन्त्री डा। युवराज खतिवडाले स्वागत गर्नेछन् । विमानस्थलबाट उनी सीधै ह्यात होटलमा जानेछन् । त्यसपछि सैनिकमञ्च टुँडिखेल पुग्नेछन् जहाँ उनको सम्मानमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको सैनिक प्रवक्ता गोकुल भण्डारीले अनलाइनखबरलाई जानकारी दिए । सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागीता रहनेछ । यसअघि विशिष्ट अतिथिलाई त्रिभुवन विमानस्थलभित्रै गार्ड अफ अनर प्रदान गरिन्थ्यो तर आज सैनिकमञ्चमा दिन लागिएको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिए ।

होटल याक एण्ड यतीमा ओली(अब्बासी भेटवार्ता

त्यसपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी पुनः होटल याक एण्ड यतीमा फर्किने छन् । उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही होटलमा आयोजना गरेको रात्रीभोज सहभागी हुनेछन् । सोही होटलमा ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । भेटवार्ताको समय एक घण्टा निर्धारण गरिएको छ । भेटमा अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने र द्विपक्षीय हितका विषयमा छलफल हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा पनि प्रधानमन्त्री अब्बासीले नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट नयाँ सरकार बनेको र केपी शर्मा ओली नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने उल्लेख छ । दूतावासको विज्ञप्तिअनुसार भेटवार्तामा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा छलफल हुने उल्लेख छ ।

२०७१ मंसिरमा नेपालमा सार्क सम्मेलन आयोजना भएपछि अर्को सम्मेलन पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको थियो । तर, भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सम्मेनल अन्तिम समयमा स्थगित गरिएको थियो । पाकिस्तान आगामी सार्क सम्मेलन आयोजक राष्ट्र भएकाले त्यसलाई आयोजना गर्नका लागि नेपालको सहयोगको अपेक्षा अब्बासीबाट हुने अनुमान गरिएको छ । साथै द्विपक्षीय व्यापार, पर्यटन, शिक्षा, रक्षालगायतका विषयमा पनि ओलीसँगको भेटमा छलफल हुने पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिलाई भेटेर स्वदेश फिर्ती

गत वर्ष नेपालबाट बेपत्ता बनाइएका पाकिस्तानी पूर्वकर्णेलको विषयलाई पनि अब्बासीले उठाउने अनुमान गरिएको छ । उनले मंगलबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उनी स्वदेश फर्किनेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्री बाहेक अन्य नेताहरुसँग अब्बासीको भेटवार्ता तय भएको छैन ।