२० फागुन,नुवाकोट – ललितपुरको एकान्तकुना स्थित खड्का टोलको एक गाइगोठमा आज एक पुरुष मृत फेला परेका छन् । स्थानीय भाइराज खड्काको गोठमा आज विहान साढे ८ बजे अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । मृतकको सनाखत भने हुन सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी परिसर ललिपतपुरले जनाएको छ । उता सिराहाको मिर्चैया नगरपालिका २ मल हनियाखोलीको आँप बगैचामा पनि आज विहान पौने १० बजे अन्दाजी ४२ वर्षीय पुरुष मृत भेटिएका छ । मृतकको सनाखत हुन बाँकी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका ७ गेन्द्री खोलाको किनारमा आज एक महिला मृत्त अवस्थामा फेला परेकी छिन् । स्थानिय शिसौलीकी ४५ बर्षिया शन्त्ति कुमारी तामाङ मृत्त फेला परेको बताईको छ । आज बिहान साढे ९ बजे खोला किनारमा मृत्त फेला परेकी तामाङगको शव लाई पोष्टमार्टका लागि जिल्ला अस्पताल मोरङ पठाईएको छ । घटनाका सम्बन्धमा ईलाकामा प्रहरी कार्यालय उर्लाबारी मोरङले अनुसन्धान गरीरहेको छ । त्यस्तै बाराको बारागढि गाउपालिका ३ श्रीपुरा टोलमा एक जना मृत फेला परेका छन् । कलैया उपमहानगरपालिका २ घर भएका ६५ वर्षिय धिरज आचार्य आज दिउसो पौने २ वजे मृत फेला परेका हुन् ।
ललितपुरको लुभुमा खेतमा लडिरहेको अबस्थामा फेला परेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानिय ३६ वर्षिया कल्पना लिम्बुको मृत्यु भएको हो । आज दिउसो १ वजे घर नजिकैको खेतमा लडिरहेकी लिम्बुलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रभाग लुभुले जनाएको छ ।
चितवनको खैरहनी नगरपालिका १० मा आज करेण्ट सर्ट भई आगलागी हुदा जलेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका १० मा निमार्णाधीन अबस्थामा रहेको सडकमा टिफरबाट बालुवा अनलोड गर्दा अचानक बिजुलीको तारमा टिफरले छुन जादा आगालगी भएको थियो । आगलागीमा परि टिफर चालक साजन माझी जलेर गम्भिर घाईते भएका थिए । घाईते उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
उदयपुरको बेलका नगरपालिका १ बगाहा टोलमा आज आफ्नै घर नजिक पानि जमेको खाल्डोमा डुबेर एक वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय कृष्ण बास्तोलाको छोरी १७ महिनाकी झरना बास्तोला रहेकी छिन् । आज मध्यान्न १२ बजे आगनमा खेल्दै गरेकी वालिका कलधारा नजिकै पानि जमेको खाल्डोमा डुबेर अशक्त भएकी थिईन् । अशक्त वालिकाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानिय प्रहरीले जानकारी दिएको छ ।
लमजुङ्गको बेसीशहर नगरपलिका ८ दुलालटोलमा घरको १ तलामाथीबाट लडेर एक वालीका गम्भिर घाईते भएकी छिन् । आज दिउँसो पौने २ बजे स्थानिय सुर्य बहादुर तामाङ्गको घरमा डेरा गरी बस्ने सुवास बि। क। की छोरी ४ बर्षिया सुप्रिया बि। क घरको एक तलामाथीबाट लडेर घाईते भएकी हुन् । घाईते वालिकालाई उपचारका लागि जिल्ला सामुदायिक अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङ्गले जानकारी दिएको छ ।