१९ फागुन,काठमाण्डौ – झापाको शिवसतासी ८ स्थित पश्चिम बस स्टेशन नजिकै हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुृनेमा शिवसतासी ११ की ५५ बर्षीय धनमाया राई रहेकी छिन् ।
हिजो बेलुकी साढे ७ बजे मे ४ प २९८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।