Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

दयाराम दाहालद्धारा लिखित कविता सग्रह ‘शब्द -संग्राम’ बजारमा

Saturday, March 3, 2018 National Power

वरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाल कविता लेखकका रुपमा पाठक माझ आएका छन् हुनत् निर्देशक दाहाल चलचित्रमा कथा र गीत लेखन विधामा पहिले देखि नै सक्रिया रहदै आएका थिए । तथापी विधिवत् रुपमा निर्देशक दाहालद्वारा लिखित कवितासंग्रह ‘शब्द(संग्राम’ बजारमा आएको छ ।


शुक्रबार राजधानीको गहना पोखरी क्याम्पियन काठमाण्डौं सेकेण्डरी स्कूलमा आयोजना भएको एक कार्यक्रमका बीच रक्षामन्त्री इश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले दाहालद्वारा खिखित कविता सग्रह ‘शब्द(संग्राम’ लोकार्पण गरेका छन् ।
‘नेपाली चलचित्र क्षेत्रका एक गह्रौं नाम हो, दयाराम दाहाल । थुप्रै राम्रा चलचित्र बनाउंनु भएको छ, अहिले कविता पनि देश, जनता अझ बिशेषगरी राजनीतिक गर्ने मासिनहरुका लागि कविता सग्रह ‘शब्द(संग्राम’ प्रकाशित भएको अनुभुत गरेको छु’ कार्यक्रमका बीच बोल्दै मन्त्री पोखरेलले सुनाए ।
डिकुरा पब्लिकेशनद्धारा प्रकाशित ‘शब्द(संग्राम’ मा निर्देशक तथा लेखक दाहालले आफ्नो चलचित्र क्षेत्रको शरुवाती काल खण्ड देखि वर्तमान अवस्था सम्मको कुराहरु उतारेका छन् । २५० रुपैया पर्ने झण्डै एकसय पचार पृष्ठको कविता सग्रह पाठकहरुले पढ्नै पर्ने साहित्यकारद्वय रोचक घिमिरे र डा। कृष्णहरी बरालले सुनाए ।