Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

ट्राफिक अपडेट

Friday, March 2, 2018 National Power

१८ फागुन,काठमाण्डौ – उपत्यका स्थित बल्खु, कलंकी, सातदोबाटो, कोटेश्वर हुदै संचालन हुने सवारी साधन यतिबेला क्युमा चलिरहेका छन् । बल्खु बाट परिक्षा नियन्त्रण कार्यालय जाने मुख्य सडकमा पुरानो कालोपत्रे हटाउने कार्य भैरहेको कारण बल्खु क्षेत्रमा सवारी क्युको अवस्था रहेको हो । कलंकी सडकपनि विस्तारको क्रममा रहेकाले थानकोट, खसीबजार र मकालु हुदै कलंकी आउने र जाने सवारी साधन पनि क्युमा चलिरहेका छन् । जडिबुटीबाट कोेटेश्वर आउने सवारी साधनको क्यु मनहरा पुल सम्म पुगेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । सोह््रखुट्टे, लैनचौर, थापाथली, कुपण्डोल, लोत्सेचोक, पुतलीसडक, त्रिपुरेश्वर, टेकु, टंकेश्वर र कालीमाटी हुदै संचालन हुने सवारी साधनले भने ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकीनु पर्ने अवस्था रहेको छ ।

सवारी क्यु रहेको स्थानहरुमा ट्राफिक व्यवस्थापनको कार्य भैरहेको छ । विभिन्न नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन भने सामान्य तवरलेनै संचालन भैरहेका छन् । यद्यपी फर्पिङ्गबाट माथिल्लो बाटो संचालन हुने सवारी साधन भने प्रभावित भएका छन् । बिहान भएको सवारी दुर्घटनाका कारण स्थानियले सडक अवरुद्ध गरेका कारण सवारी आवागमन प्रभावित भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको छ ।

काठमाडौंको सिनामंगल स्थित बागमती नदिमा आज एक बेबारिसे शव फेला परेको छ । बिहान ८ बजे, सडी गलेको अवस्थामा नदिमा फेला परेको पुरुषको शवलाई पोष्टमार्टको लागी शिक्षण अस्पताल महाराजगज पठाइएको महानगरिय प्रहरी वृत्त नयाबानेश्वरले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरिएको छ । काभ्रेपलान्चोकको भुम्लु गाँउपालीका ८ बन्देउ स्थित प्रतिक्षालयमा आज बिहान १ पुरुष मृत्त अवस्थामा फेला परेका छन् । अन्दाजी ४५ बर्षीय पुरुष व्यक्ती प्रतिक्षालयमा सुतिरहेको अवस्थामा बिहान ८ बजे, मृत्त फेला परेका हुन् । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता रौतहटको चन्द्रपुर गाँउपालीका ४ स्थित लच्कामा पनि आज एक महिला मृत्त अवस्थामा फेला परेकी छिन् । अन्दाजी ६० बर्षीया महिला बिहान पौने ९ बजे, मृत्त फेला परेको ईलाका प्रहरी कार्यालय चपुरले जनाएको छ । सडकबाट केही मिटर पर जंगलको छेउमा मृत्त फेला परेकी महिलाको शरिरमा कुनै बाहिरी चोट पटक नदेखिएको चपुर प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पता चपुर पठाईएको छ ।

काठमाडोंको चुच्चेपाटीमा हिजो बेलुकी धारिलो हतियार प्रहारबाट गम्भिर घाईते भएका एक व्यक्तिको मृत्यु भएको छ । चुच्चेपाटी बस्ने २५ बर्षीय छिरिङ शेर्पाको मृत्यु भएको हो । हिजो बेलुकी पौने ९ बजे, उनलाई चुच्चेपाटी स्थित लुम्बिनी कलेज नजिकैको गल्लीमा वतन नखुलेका २३ बर्षीय विवेक तामाङले छातीमा चक्कु प्रहार गरेका थिए । गम्भिर घाईते अवस्थामा भेटिएका शेर्पालाई तत्कालै उपचारको लागी मेडिकेयर अस्पताल चावहिल पठाइएकोमा उनको उपचारको क्रममा राती साढे ९ बजे, मृत्यु भएको हो । घटनामा संलग्न तामाङ फरार रहेकाले खोजी भैरहेको छ ।