Monday 19th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

चलचित्र जय शम्भुको छायाँकन सुरु

Thursday, March 1, 2018 National Power

१७ फागुन,काठमाण्डौ – केही दिन अघिमात्र फिल्म जय शम्भु घोषणा गरिएको थियो । फिल्म जय शम्भु घोषणाकै दिनदेखी फ्लोरमा गएको हो । हाल फिल्म जय शम्भुको छायाँकन चलचित्र विकास कम्पनी बालाजुमा भईरहेको छ । १० दिनको सेडुलमा विकास कम्पनीमा शुटिङ भईरहेको छ ।  शुरुमा फिल्मका मूख्य कलाकारहरु अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा शिवाकोटीको परिचयात्मक एकशन सिन खिचिएको हो ।

फिल्मको शुटिङ एक साथ चार क्यामराले भईरहेको छ । फिल्ममा रेड ४ दशमलव ५ के २ वटा, गोप्रो ४ के १ वटा र फ्लाटोन ४ के ड्रोन एउटा प्रयोग गरिएको छ । फिल्मका निर्माण टिमले एक्शन र गीतमा मात्र नभई पुरै फिल्ममा चार क्यामरा प्रयोग हुने बताईएको छ ।
उक्त एक्शन सिनको लागि लाखौं खर्च गरेर सेट तयार पारिएको छ । सेट तयार पार्न १० लाख बढि खर्च भएको र सेटसँगै लाखौंको प्रोपर्टि राखिएको छ । सेटको लागि ३ वटा पुराना कार र एउटा जिप खरिद गरिएको निर्माण पक्षले जानकारी गराईएको छ ।

एक्शन कोरियोग्राफर श्री श्रेष्ठले फिल्म जय शम्भुमा एक्शनको नयाँ अपडेट शुरु गर्न लागिएको बताएका छन् । उनले फिल्म जय शम्भुमा जस्तो सिन अरु फिल्ममा हाल सम्म नभएको दावी गरेका छन् । गाडीलाई रिङगमा घुमाउने, १० फिट उचाईमा गाडी उडाउने लगायतका सिनहरु ज्य शम्भुमा रहने उनले बताएका छन् । फिल्मको कलाईमेक्समा मात्रै ३० लाख बढि खर्च हुने एक्शन कारियोग्राफर श्री श्रेष्ठले बताएका छन् ।

फिल्मका निर्देशक रुपेश तामाङले हाल एक्शनका सिहरु भईरहेको र एक्शन पुरै बलिउडकै स्टाईलमा नेपालमा पहिलो पटक खिच्न लागेको दावी गरेका छन् । हाल मूख्य कलाकारहरु अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा शिवाकोटीको एक्शन सि भईरहेको छ । फिल्मको ८० प्रतिशत बढि सिन काठमाडौंमा खिचिने छ भने बाँकी अन्नपूर्ण बेसक्याम्पमा खिचिने योजना रहेको छ । प्रस्तुतकर्ता दिनेश शाही रहेको जय शम्भुमा निर्माता अरविन्द्र शाक्य छन् भने कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन छन् । फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् भने प्रोडक्शन डिजाईनर शंकर बस्नेत रहेका हुन् । फिल्म नयाँ बर्षको श्रावण १ मा रिलिज हुने बताईएको छ ।