Friday 5th March 2021

    प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव    दुई वर्षपछि सार्वजनिक भए विप्लव    नमोबुद्ध गुठि हस्तान्तरण    'फेशन फेयर अवार्ड— २०२०' भव्यरुपमा सम्पन्न    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार

घरेलु उद्योगका प्रमुख कर्ण २ लाख घुससहित रंगेहात पक्राउ

Thursday, March 1, 2018 National Power


१७ फागुन, लहान – घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्रकुमार लाल कर्ण घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ सरकारी निवास लहानको ग्रामीण चोकबाट उनलाई पक्राउ गरेको हो ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र ९होरेन्डेक० लहानका एक कर्मचारीबाट लिएको दुई लाख रुपैयाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किसन सिंह थापाले जानकारी दिए ।

होरेन्डेकलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम दिएको छ । होरेन्डेकका एक कर्मचारीले भने, ‘कार्यक्रमका लागि घरेलुले ६० लाख बजेट छुट्याएको छ । तत्काल २० प्रतिशत रकम निकासा दिएपछि प्रमुख कर्णले कमिसन माग्दै आएका थिए ।’ कर्णले कुल बजेटको १० प्रतिशत कमिसन मागेपछि अख्तियारलाई खबर गरिएको थियो ।

कर्णले आफुले कुनै रकम नमागेको र आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् । ६ वर्षदेखि घरेलुमा काम गरेका कर्णले आफू निर्दोष रहेको दाबी गरेका छन् ।