Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

रविको संसार हाम्रै हो सार्वजनिक

Saturday, March 31, 2018 National Power

काठमाण्डौ – ”तिमी मेरो हुन्छ्यौ भने म नि तिम्रै हो , जिन्दगीमा सँगै हिडौँ संसार हाम्रै हो ” गीतको म्युजिक बज्ने बित्तिकै उठेर नाचौँ नाचौँ लाग्ने संसार हाम्रै हो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गोल्डेन कृयशनको प्रस्तुतिमा बजारमा आएको म्युजिक भिडियोको गीतमा गीतकार तुलसी बस्नेत, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायकरगायिका रवि थापा मगर र रेश्मा पुन, एरेन्जर कुमार थापा र ध्वनि मिश्रण श्यामश्वेत रसाइली रहेका छन् ।

विक्रम चौहानको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा विक्रम चौहान र अनु शाहको अभिनय रहेको छ । साथै छायांकनमा ज्ञानेन्द्र शर्मा र सम्पादन मिलन बी.क. रहेका छन् ।