दु:ख नभई मान्छे त्यसै, खिन्न हुदैन । फरक जातले मान्छे भिन्न,भिन्न हुदैन ।। किन गर्छन अंझै पनि भेदभाव मान्छे । कसै सँग जात छुट्याउने,चिन्ह हुदैन ।। कोहि मान्छे मेरा लागि आदर्श को खात बने। कोहि मान्छे घमण्ड ले धेरै ठुला जात बने।। सम्झनाको झझल्कोले मलाई पनि पोल्ने गर्थ्यो। त्यसैले त विशेष मान्छे जिन्दगिकै साथ बने।।कृष्ण गौतम / बर्मा (हाल थाईल्याण्ड)