Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

गायक अर्जुन खरेलको बेगमारीको भिडियो सार्बजनिक

Wednesday, February 28, 2018 National Power

१६ फागुन, काठमाण्डौ – गायक अर्जुन खरेलको स्वरमा रहेको बेगमारी बोलको गीतको भिडियो सार्बजनिक भएको छ । मेरो गीत नामक एल्बममा संग्रहित उक्त गीतमा शब्द र संगीत बिजु बज्रको रहेको छ ।


सुन्दर लावतीको निर्देशनमा बनेको भिडियोमा मुकुन्द भट्टराई र पवित्रा राईको रहेको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज ईनासका सदस्य समेत रहेका खरेलले कलानिधि ईन्दिरा संगीत महाबिद्यालय बाट राम प्रसाद लामिछाने मार्फत संगीतको शिक्षा लिएका छन् । चलचित्र फर्मुलामा समेत उनले पाश्र्व गायन गरेका छन् ।

झापामा जन्मिएका खरेल संगीत कर्म संगै समाज सेवामा पनि सकृय रहेका छन् । चाँदनी कटेजका सञ्चालक समेत रहेका खरेलले हरेक शुक्रबार गजल गायन मार्फत मनोरञ्जन र ब्यापारलाई पनि जोड्ने गरेका छन् ।रेष्टुरेण्टबाट भएको कमाईको केहि प्रतिशत रकम समेत उनले अनाथ बालबालिकाहरुलाई सहयोग गर्दै आईरहेका छन् ।