Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

सरकारले सिटामोल उत्पादन सुरु गर्‍यो

Wednesday, February 28, 2018 National Power

१६ फागुन,काठमाडौं–सरकारले सोमबारदेखि सिटामोलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सोमबारदेखि सिटोमोलको व्यवसायिक उत्पादन सुरु गरेको हो । गत असोजमै सिटामोल उत्पादन गर्ने भनिएको थियो । आवश्यक सामग्री बन्दोबस्त गर्न नसक्दा तोकिएकै मितिमा सिटामोल उत्पादन गर्न नसकिएको लिमिटेडका महाप्रबन्धक डा। रोभस कुशम सुवेदीले जानकारी दिए ।

एउटा ब्याचमा ३ लाख २० हजार युनिट टयाब्लेट उत्पादन गर्ने लक्ष्य लिइएको छ । परीक्षण कालमा भने एउटा ब्याचमा ८० हजार मात्रै टयाब्लेट उत्पादन हुने पनि महाप्रबन्धक सुवेदीले स्पष्ट पारे ।  लिमिटेडले गत वर्षदेखि जीवनजलको उत्पादन पुन सुरु गरिसकेको छ । १० लाख युनिट टयाब पुगेपछि मात्रै बजारमा पठाउने योजना छ ।

सिटामोलको माग धान्न नसक्ने भएकाले पनि तत्काल बजारमा पठाउने अवस्था नरहेको महाप्रबन्धक सुवेदीले बताए । नेपालमा आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।