Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

५ सयका ३८ वटा नक्कली नोटसहित ५ जना पक्राउ

Tuesday, February 27, 2018 National Power

१५ फागुन, काठमाडौं – काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर श्रीनेत ठकुरी, भोजपुरको खावा–९ घर भइ हाल नख्खीपाट बस्दै आएका २५ वर्षीय निगम राई र सोलुखुम्बु तिम्ला–८ घर भइ काठमाडौंको कपन बस्दै आएका ३१ वर्षीय भेषकुमार थापा मगर छन् ।

उनीहरुको साथबाट ३८ वटा ५ सय रुपैयाँको र दुई वटा हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको छ । काठमाडौंका विभिन्न स्थानमा पसलहरुमा नक्कली नोटको प्रयोग गरी सामान खरिद गर्ने गरेको क्रम बढेको सुराकीका आधार परिसरले अप्रेशन चलाएको थियो । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् । यद्यपि, नक्कली नोट बनाउने गिरोह पक्राउ परेका छैनन् । पक्राउ परेका मध्ये नेमाले उक्त नोटहरु वीरगञ्जबाट ल्याएको बताएका छन् । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।