Sunday 14th July 2024

    University of Wolverhampton Visit in Nepal    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem

हात्तीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रमको १५ वर्षः ३७ जिल्ला जोखिममुक्त

Sunday, February 25, 2018 National Power

१३ फागुन , काठमाडौं– हात्तिपाइले रोगको औषधि खुवाउने कार्यक्रम शनिबारदेखि सुरु भएको छ । कार्यक्रम सोमबारसम्म चल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत वर्ष ३० जिल्लाका नागरिकलाई खुवाईएको यो औषधि यो वर्ष २४ जिल्लाका नागरिकलाई मात्रै खुवाईने छ । २४ जिल्लाका ९१ लाख ५४ हजार नागरिक हात्तिपाइले रोगेको जोखिममा रहेको सरकारी तथ्याङ्कलाई मध्येजनर गर्दै अहिले कार्यक्रम संचालन भईरहेको महाशाखाले जनाएको छ ।

यो वर्ष पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैलडी, डडेल्धुरा र कञ्चनपुरमा हात्तीपाईलेको औषधि खुवाइन लागिएको हो ।

जोखिमको तथ्याङ्क भए पनि सरकारसंग हात्तीपाईले रोग लागि सकेकाहरुको भने तथ्याङक छैन् । जोखिमको कार्यक्रम सके पछि रोग लागिसकेका नागरिकको लागि कार्यक्रम संचालन गर्ने योजना रहेको छ । तर नेपालमा बास्तविक हात्तीपाइले रोगीको संङख्या भने सरकारसंग छैन । अहिलेसम्म अनुमानित हाईड्रोशिलको लक्ष्यण ३२ हजारमा देखिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक तुलसी अधिकारीले बताए । त्यो पनि ४ जिल्लाको अनुमानित तथ्याङक हो । तर सबै रोगीको तथ्याङक ३ गुणा बढीहुने अनुमान गरिएको छ ।

सन् २०१५ देखि केही मात्रमा रोग लागिसकेका नगरिकको लागि कार्यक्रम संचालन भईरहेको छ । जस अन्तर्गत ६४ अस्पतालबाट ७ हजार ९ सय ५६ जनाले हाईड्रोशिलको सर्जरी गरिसकेका छन् । हात्तीपाइले रोग निको नहुने रोग हो ।

मुटुको रोगी, कलेजी रोगी, गर्भवती महिला, ५ वर्ष मुनिको कुपोषित बालबालिका, २४ घण्टा भित्र ज्वरो नआएको व्यक्तिलाई हात्तिपाइलेको खुवाउन नहुने चिकित्सकहरु बताउँछन् ।

हात्तीपाइले लिमफयटिक फाइलेरिया ब्लडमा हुने जुगाँ हो । यो फाइलेरिया मानव शरिरमा भएको खण्डमा महिलाको स्तन सुन्निने, हातखुट्टा सुनिन्ने हुन्छ । विश्व स्वास्थ्य संगठन सन् १९९७ मा नै हात्तीपाइले रोगीको प्रकोपदर एक प्रतिशत भन्दा कम बनाउने जनाएको थियो । विश्वामा यो औषधि खुवाउने अभ्यास चीनले गरेको थियो । औषधिले राम्रो नतिजा देखाएको कारण अन्य देशमा पनि हात्तीपाइले रोगको औषधि खुवाउन सुरु गरिएको हो ।

हात्तीपाइले रोगको सर्वे गर्दा विश्वमा १ प्रतिशत भन्दा बढी ९० वटा देशमा यो रोगको बिरामी देखिएको थियो । यसै अनुरुप नेपालले पनि सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य सहित २००३ मा कार्यक्रम सुरु गरेको हो ।
चीनले दक्षिण कोरियाले २००७ र श्रीलंकाले गत वर्ष नै हात्तीपाइले रोग निवारण घोषणा गरिसकेको छ ।

नेपालमा सन् २००३ ,२००५ र स्न २०१२ मा गरिएको अध्ययनमा ७५ मध्ये ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम देखिएको थियो । नेपालमा हात्तीपाईले रोगको जोखिममा धेरै नेपाली नागरिक भएको कारण औषधि खुवाउनु पर्ने भन्ने निणर्य अनुसारनै स्न २००३ बाट हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको हो ।

हात्तीपाइले रोग निवारणको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको १५ वर्षको अवधिमा ३७ जिल्लामा औषधि खुवाउन बन्द गरिएको छ । अर्थात जोखिम देखिएको जिल्ला जोखिम मुक्त भईसकेका छन् ।

हाल २४ जिल्ला मात्रै यो रोगका जोखिममा रहेको स्वास्थ्य विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर भिम आचार्यले बताए । अबको २ वर्ष अर्थात सन् २०२० मा देशलाईनै हात्तीपाईले रोग निवारणको घोषणा गर्ने महाशाखाले जनाएको छ । रोगीहरुको उपचार व्यवस्थापन तथा थप अपाङ्गता हुनबाट बचाउनको लागि सरकारले निशुल्क उपचार गर्दै समेत आईरहेको छ ।

रातोपाटीबाट