Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

पोखराबाट पक्राउ परेका सिउनलाई कोरिया इन्टरपोलको जिम्मा लगाइयो

Sunday, February 25, 2018 National Power

१३ फागुन, काठमाडौं –  पोखराबाट पक्राउ परेका कोरियाका मोस्ट वान्टेड अपराधी सिउन ओन लीलाई शनिबार राति कोरिया डिपोर्ट गरिएको छ । लीलाई पोखरा प्रहरीले ३ फागुनमा पक्राउ गरेको थियो । उनी अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० ले रेड कर्नर नोटिस जारी गरेको अपराधी हुन् ।

अध्यागमन विभागका निर्देशक कोशहरि निरौलाले उनलाई डिपोर्ट गरिएको पुष्टी गरे । ‘इन्टरपोलका अधिकारीहरुको रोहबरमा डिपोर्ट गरिएको हो’, उनले अनलाइनखबरसँग भने । स्रोतका अनुसार लीलाई लिन कोरियन इन्टरपोलका एक जना अधिकारीसहित थप दुई जना ‘डिटेक्टिभ एजेन्ट’ नेपाल आएका थिए ।

कोरियन इन्टरपोलको लिन्योग लीको नेतृत्वमा आएको टोलीले सिउनलाई शनिबार राति साढे ८ बजे कोरियन एयरलाइन्सको फ्लाइटबाट कोरिया लगेका छन् । नेपालस्थित इन्टरपोलको कार्यालयकी प्रमुख किरण बज्राचार्यका अनुसार सिउन आर्थिक ठगी मुद्दामा सन् २०१६ देखि खोजी सूचीमा थिए । साथै, उनी लागूऔषध कारोबारी समेत भएको स्रोत बताउँछ ।

उनी विभिन्न मुलुकका प्रहरीलाई छक्याउँदै नेपालसम्म आइपुगेका थिए ।