Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

डा. केसीको मागः पराजुलीलाई जेल हाल्नुपर्छ

Saturday, February 24, 2018 National Power

१२ फागुन, काठमाडौं – प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली लड्दा अदालतको मानहानी हुन्छ भने आजीवन जेल बस्न तयार रहेको बताएका छन् । तर, पराजुलीलाई निकालेरै छाड्ने उनको दाबी छ ।

पराजुलीको राजीनामा माग गर्दै भएको माइतीघर मण्डलामा भएको प्रदर्शनमा डा. केसी पनि सहभागी भएका थिए । भ्रष्टाचार गर्न पाउँदासम्म पराजुलीले राजीनामा नदिने भन्दै आफूहरुले बाटो देखाउने बताए । उनले अघि भने, यिनलाई के गर्नुपर्छ भन्ने तीन करोड नेपालीलाई थाहा छ ।’

आफूलाई पराजुलीकै आदेशमा अनसन स्थलबाट प्रहरीले पक्राउ गरेको भन्दै डा। आक्रोस पोखे । ‘म ९ बजे हाजिर भइनँ भने पो प्रहरी लगाएर पक्राउ गर्नु पर्ने हो’ उनले भने, ‘यदि भ्रष्ट न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुन्छ भने एक वर्ष होइन । आजीवन काराबास बस्न तयार छु । तर, यस्तालाई जिम्मेवार बनाएर छाड्ने हो ।’

अघि भने, ‘त्यो मात्र होइन । उनले गरेका कालो कर्तुतको छानविन गराएर कारबाही गराउने हो । डा. केसीले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले अदालतको अवहेलना गरेको आरोप लगाए । उनले भने, प्रधानन्यायाधीश भएर विचाराधीन मुद्दामा (नागरिकता) देखाउनु नै अदालतको अवहेलना हो । उनलाई जेल चलान गर्नुपर्छ ।’