Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

सेवाग्राहीको मन जित्न सफल मेघा अस्पताल

Saturday, February 24, 2018 National Power

१२ फागुन,काठमाण्डौ – आपतकालिन सेवाका साथै अन्य स्वास्थ्य सेवा सम्बन्धी विभिन्न किसिमका रोगहरुको अत्याधुकि प्रविधिबाट उपचार गर्दै आईरहेको छ । चुस्त व्यस्थापन र दक्ष डाक्टरहरुका कारण अस्पतालले दिनानु दिन सेवाग्राहीहरुको मन पनि जितिरहेको छ ।

वि सं २०६७ सालमा स्थापना भएको मेघा अस्पताल प्रा.लि ले वितेका सात वर्षमा आफ्नो सेवाको क्षेत्रमा निकै ठुलो फट्को मारी सकेको छ र उच्च स्तरिय प्रविधिबाट विमारीहरुको उपचार गर्दै आईरहेको अस्पतालको उपचार शैली प्रति विमारी र तिनका आफन्तहरु पनि सन्तुष्ट देखिएका छन् ।
काठमाण्डौ चक्रपथ,धोबीघाटमा रहेको मेघा अस्पतालले हुने खानेहरुका लागि मात्रै नभई हुँदा खानेहरुको लागि पनि अर्थात् सबै प्रकारका हैसियत भएका विमारीहरुको लागि पनि उपचारमा सहज पहुँच पुर्याउदै आएको छ । साथै अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले विविध किसिमका कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।

स्वाथ्य सेवा सुविधाका अलावा सर्जिकल र निदान सेवाहरु समेत प्रदान गर्दे आईरहेको छ । दक्ष तथा अनुभवी चिकित्सकहरुद्धारा देशको सबै भन्दा राम्रो स्वाथ्य सेवा प्रदान गर्ने सेवाग्राहीहरुको गन्तव्यका रुपमा समेत मेघा रहदै आईरहेको छ ।