Saturday 13th July 2024

    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem    कार्कीको नेतृत्वको फान यूएसए च्याप्टरलाई कलाकार संघको आधिकारिता

सावधान, चुम्बन गर्दा ब्याक्टेरिया उपहार पाइएला !

Friday, February 23, 2018 National Power

११ फागुन, काठमाडौं – धेरै मान्छेलाई थाहा छैन कि चुम्बन गर्दा ब्याक्टेरियाको एउटा ठूलो समुह शरणार्थी बनेर दोस्रो व्यक्तिको मुखभित्र प्रवेश गर्छ भन्ने । तर वैज्ञानिकहरूले १० सेकेण्डको एक चुम्बनमा आठ करोड ब्याक्टेरिया एक अर्काको मुखमा ओहोर–दोहोर गर्ने तथ्य फेला पारेका छन् ।

यो कुनै अनुमान होइन, नेदरल्याण्डका वैज्ञानिकको एक समूहले पत्ता लगाएको तथ्य हो । वैज्ञानिकहरुको एक समूहले २१ जोडीको चुम्बनमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा दिनमा नौ पटक चुम्बन गर्ने व्यक्तिको र्‍यालबाट अत्यधिक रुपमा ब्याक्टेरिया ओहोर–दोहोर गर्ने गरेको पाइएको थियो । अध्ययन अनुसार, मान्छेको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया करोडौंको संख्यामा हुन्छ । तीमध्ये केही असाध्यै छिटो ट्रान्सफर हुने खालका हुन्छन् ।

कसरी भएको थियो अध्ययन ?

डच वैज्ञानिकको यो अध्ययन जर्नन माइक्रोबिओममा सन् २०१४ मा छापिएको थियो । नेदरल्याण्ड अर्गनाइजेशन फर एप्लाइड साइन्टिफिक रिसर्च ९टीएनओ० को समूहले एक जोडीको चुम्बन बानीवारे सोधपुछसमेत गरेका थिए ।

यसमा एउटा महत्त्वपूर्ण प्रश्न सोधिएको थियो– गएको वर्ष कतिपटक एक–अर्कालाई चुम्बन गरेका थिए  ?

साथै अन्तिम पटकको लिप्सवाला चुम्बन कहिले भएको थियो भनेर पनि सोधेका थिए ।

वैज्ञानिकले एक जोडीको जिब्रोको स्याम्पल पहिल्यै लिएका थिए । यसपछि उसको पार्टनरलाई प्रोबायोटिक ड्रिंक पिउन दिइएको थियो । जसको मद्दतले सजिलै ब्याक्टेरियाको पहिचान गर्न सजिलो हुन्थ्यो ।

यसपछि चुम्बनको क्रममा कसरी ब्याक्टेरिया एकअर्काको मुखमा ओहोर–दोहोर गर्छ, पत्ता लागेको थियो । १० सेकेण्डमा करिब ८ करोड ब्याक्टेरिया ओहोर–दोहोर गरेको पत्ता लागेको थियो ।

यस टिमका प्रमुख प्रोफेसर रेमको कोर्टले भनेका छन्, ‘फ्रेञ्च चुम्बनमा ब्याक्टेरिया छिटो र धेरै संख्यामा एक अर्काको मुखमा प्रवेश गर्छन् । यो अध्ययनले ब्याक्टेरियासँग सम्बन्धित समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

डच वैज्ञानिकको यो अध्ययन एमस्टर्डमस्थित ब्याक्टेरियाको दुनियाँको पहिलो म्युजियमको सहयोगमा गरिएको थियो ।