Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

ट्राफिक अपडेट

Thursday, February 22, 2018 National Power

१० फागुन, काठमाडौं –  मोरङको विराटनगर-१५ स्थित श्री राम स्कुलमा हिजो प्रहरीले १ दिने सचेतनामुलक कार्यक्रम संम्पन्न गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले उक्त स्कुलका ९ र १० का ७० जना विधार्थीहरुलाई साईबर क्राईम बिरुद्धको सचेतनामुलक कार्यक्रम संम्पन्न गरेको हो। कार्यक्रमको प्रहरी निरिक्षक सन्तोष निरौलाले सहजिकरण गर्नु भएको थियो।

धनुषाको धनुषाधाम नगरपालिका ६ मा रुखबाट लडेर एक बालक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा स्थानीय अमृत लामाका १३ वर्षिय छोरा सन्दिप लामा रहेका छन् । घाईते बालकलाई थप उपचारको लागी बिरटनगर पठाइएको छ ।

काठमाडौंको नागढुङगाबाट आज दुई जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । सप्तरी फत्तेपुर गाउँपालिका ३ घर भएका २७ बर्षिय उज्वल खत्री र उदयपुर वेलका नगरपालिका १ घर भएका २५ बर्षिय संजय कोईरालालाई प्रहरीले पक्राउ गरेको हो । आज मध्यान्ह १२ बजे उदपयुरबाट काठमाडौं तर्फ आउदै गरेको ना ७ ख ४०० नम्बरको यात्रुबाहक बसलाई चेकजाच गर्ने क्रममा उनीहरुको साथबाट नाईटो«जेपाम १ सय ट्याब्लेट, लुपिजेसिक २३ एम्पुल, फेनारगन २१ एम्पुल र डाईजल्याप २३ एम्पुल लागु औषध प्रहरीले बरामद गरेको बताईएको छ । लागुऔषध सहित पक्राउ परेका दुबैजनामाथी महानगरीय प्रहरी प्रभाग नागढुङगाले अनुसन्धान गरीरहेको छ ।

झापाको विर्तामोड नगरपालिका ५ स्थित एक फर्निचर उद्योगमा गएराती आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ । स्थानीय गजेन्द्र साउदेनले सञ्चालन गरेको न्यु पाथीभरा फर्निचर उद्योगमा गएराती सवा २ बजे विजुलीको तार सर्ट भई आगो लागेको थियो । आगो लागेको करिब पौने २ घण्टाको प्रयास पछि दमकल र स्थानीय वासिन्दाको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनीले आगो नियन्त्रणमा लिएको छ ।

मोरङको लेटाङ नगरपालिका २ बुधबारेका १ स्थानीयको घर गोठमा आज आगो लाग्दा करिब १२ लाखको क्षति भएको छ । स्थानीय लाल बहादुर राईको घर गोठमा आज विहान ५ बजे विधुजुलीको तार सर्ट भएर आगो लागेको थियो । आगो निभाउने क्रममा राईका ज्वाई ६८ वर्षीय धन बहादुर थापा सामान्य घाइते भएका छन् ।आगोले घरगोठ सहित विभिन्न सामान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । त्यस्तै बर्दियाको मधुवन नगरपालिका २ अमरपुर स्थित एक कुखुरा फार्ममा पनि आगलागी हुदा २ लाख २९ हजार बराबरको धनमाल क्षती भएको छ । स्थानिय तुलाराम चौधरीको कुखुरा फार्ममा गएराति आगलागी भएको हो । आगलागीबाट फार्ममा रहेका कुखुरा र अन्य सामानहरु जलि उक्त रकम बराबरको धनमाल क्षती भएको हो ।  स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको स्थानिय प्रहरीले जनाएको छ ।