Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

ट्राफिक अपडेट

Wednesday, February 21, 2018 National Power

९ फागुन,काठमाडौं – उपत्यका स्थित लैनचौर, सोह्रखुट्टे, कलंकी र कोटेश्वर सडक खण्डमा चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यसबाहेक उपत्यकाका अन्य मुख्य चोकहरुमा भने सवारी साधन ट्राफिक ब्यबस्थापनका क्रममा केहि समय रोकीनुपर्ने अबस्था रहेको छ । बिशेषगरी थापाथली, त्रिपुरेश्वर, कालीमाटी, केशरमहल, जयनेपाल, पुतलीसडक, सिंहदरबार, नयाँबानेश्वर, लगायतका चोकमा सवारी साधन केहि समय रोकीनुपर्ने अबस्था रहेको हो । त्यस्तै सातदोबाटो, गौशाला, चावहिल, मित्रपार्क, नारायणगोपालचोक र बालाजुमा पनि सवारी साधन ट्राफिक ब्यवस्थापनका क्रममा केही सयम रोकिनु पर्ने छ ।

काठमाडौंको तिलङगेटार स्थित वि।पि स्मृती अस्पताल अगाडी सडकमा आज बिहान जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बा१०च ७४ ८१ नम्बरको जिपको ठक्करबाट नुवाकोट घर भई हाल तिलङगेटार बस्ने ४५ बर्षीया सुष्मा तामाङको मृत्यु भएको हो । बिहान साढे ७ बजे, जिपको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा कान्तिपुर डेन्टल अस्पतालमा बिहान साढे १० बजे, मृत्यु भएको प्रहरी प्रभाग तिलङगेटारले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।