Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु,९ जना घाइते

Monday, February 19, 2018 National Power

७ फागुन, काठमाडौं – रोल्पाको लुंग्रि गाउँपालिका -४ ठुलो नाम्जामा आज ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानिय ४८ बर्षिय नरेन्द्र रोक्का र सोही स्थानका १२ बर्षिय दिपेन्द्र विष्ठ रहेका छन् ।

आज दिउँसो सवार ३ बजे लु २ त ७९३० नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको हो । अन्य घाइतेहरुको स्वास्थ्य चौकी सुलीचौर रोल्पामा उपचार भइरहेको छ । चालक फरार रहेकाले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।