Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अन्तत: एमाले र माओवादीबीच पार्टी एकताको सहमति भयो, आजै हस्ताक्षर हुने संकेत

Monday, February 19, 2018 National Power

७ फागुन, काठमाडौं – अन्ततः नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागी सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमति पत्रमा हस्ताक्षर हुनसक्नेछ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा पार्टी एकताको सहमति जुटेको वताईएकोछ। स्रोतका अनुसार दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ ।

पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प्रचण्ड दुबै अध्यक्ष रहनेछन् । सहअध्यक्ष वा द्वि-अध्यक्ष के भन्ने पार्टी एकता संयोजन समितिले टुंगो लगाउनेछ ।

जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता सहमत भएका छन् ।

दुई नेताबीच भएको सहमतिलाई अन्तिम रुप दिन साँझ ७ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । तलमाथि नभएको खण्डमा भने आजै सहमती पत्रमा हस्ताक्षर हुने सक्ने माओवादी श्रोतले वताएकोछ ।

एमाले उपाध्यक्ष बामदेव गौतमले पनि दुई नेताबीच पार्टी एकताको सहमति जुटेको पुष्टि गरेका गर्दै उनले समाचार माध्यमहरुसँग भने, ‘दुई अध्यक्षबीच सहमति भयो । त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्छ ।‘