Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माण शुरु

Monday, February 19, 2018 National Power

७ फागुन, काठमाडौं –  नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माण शुरु भएको छ । सुचना ताथ संचर मन्त्री तत्कालिन मोहन बहादुर बस्नेत र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा फिल्म सिटी लिान्यास सम्पन्न भएको । झण्डै समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको दोलखाको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण हुन लागेको हो । चलचित्र विकास बोर्डको समन्वयनमा फिल्म सिटी निर्माण हुनेछ । जहाँ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वम केही चलचित्रकर्मी तथा अन्य क्षेत्रका मानिसहरु फिल्म सिटी निर्माणमा जुटी रहेका छन् ।

शिलान्यास गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मृग, घोरल, कस्तुरीलगायतका जंगली जनावर दौडने यो वनमा बन्ने चलचित्र नगरी अन्तर्राष्ट्रिय जगत्मै आकर्षक थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली फिल्म मेकरहरुलाई मात्र हैन बिदेशी फिल्म मेकरहरुलाई लक्षितगरी आवास गृहसहित चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इनडोर’ का संरचना निर्माण गर्ने गरी परियोजना प्रस्ताव तयार भएको बोर्ड अध्यक्ष पौडेलले सुनाइन् । तसर्थ फिल्म सिटी निर्माण नेपाल सरकारले मात्रै निर्माण संभव छैन् निर्माणका लागि केही दिनमै नेपाली र विदेशी कम्पनीहरुलाई समावेश गर्ने योजना सहति टेण्डर आह्वान गरिनेछ ।

५ देखि १० बर्ष भित्र निर्माण पुरा गर्ने ल्क्ष्यका साथ निर्माण हुने फिल्म टिसी भित्र विमानस्थल, पाँचतारे होटल, चलचित्र निर्माणका लागि उपयुक्तस्थल लगायत नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने किसिमका संरचना निर्माण गर्ने गरी विस्तृत परियोजना तयार भएको छ । यो स्थलको वरपर त्रिपुरासुन्दरी, कालिञ्चोक र भीमेश्वरलगायतका धार्मिक आस्थाका केन्द्रहरु समेत रहेको फिल्म सिटी खरिढुंगाबाट ६ दशमलव ५ किलोमिटरको सडक पार गरेपछि पुग्न सकिन्छ । सेतीदेवी सामुदायिक वनको एक हजार ५०० क्षेत्रफल भित्र फिल्म सिटी निर्माण हुनेछ ।