७ फागुन, स्वीटजरल्याण्ड–स्वीटजरल्याण्डमा रहेका नेपालीहरुले ग्याल्पो ल्होसार भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष एक–एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ‘ल्हो’ अथवा वर्ग फेरिनुलाई शेर्पा तथा तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ ।
शेर्पा समाज स्विटजरल्याण्डले गत आईतबार बासेल सहरमा आयोजना गरेको ग्याल्पो ल्होसारमा स्वीसमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यापारी , पत्रकार लगायत स्विसमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको बाक्लो उपस्थित रहेको थियो ।
फ्रान्स, जर्मन लगायत देशबाट पनि नेपालीहरुको उपस्थित रहेको कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि , पर्यटनदुतद्वय कमल भट्ट र आङ्गतेञ्जिङ्ग शेर्पा गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डका अध्यक्ष भुमिराज गुरुङ , प्रबाशी नेपाली मंचका अध्यक्ष संजय मुडवरी लगायतका प्रतिनिधिहरुले ग्याल्पो ल्होसारको शुभकामना ब्यक्त गरेका थिए । सभ्यता, संस्कृति र जातिय पहिचानलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्धेश्यको साथ सोनाम ल्होसार मनाईएको आयोजक प्रतिनिधि पुला ९ क्लाईमिङ्ग ० शेर्पा ले बताए ।