Friday 4th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

आठ गोलको थ्रिलरमा रियल विजयी, बार्सामा एथ्लेटिकोको दबाब कायम

Monday, February 19, 2018 National Power

७ फागुन,  म्याड्रिड – मार्को असेन्सियोको दुई गोलको मद्दतले आठ गोलको थ्रिलरमा रियल म्याड्रिडले रियल बेटिसलाई हराउँदै ला लिगामा लगातार तेस्रो जीत निकाल्न सफल भएको छ । जिनेदिन जिदानको टोलीले एसेन्सियोको गोलको मद्दतले खेलको ११ औँ मिनेटमा नै अग्रता लिएको थियो ।

तर, त्यसपछि खेलमा नियन्त्रण राख्दै घरेलु टोली रियल बेटिसले एसिया मान्डीको गोलको मद्दतले खेलमा फर्कियो । पहिलो हाफको अन्त्यतिर नाचोले आत्मघाती गोल गरेपछि बेटिसले अग्रता लियो । दोस्रो हाफमा भने सर्जियो रामोशले लुकास भाज्क्वेजको कर्नरमा गोल गर्दै खेल पुनः बराबरी गरे ।

त्यसपछि एसेन्सियो र क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई ४–२ को अग्रता दिलाए । तर, अन्त्यतिर सर्जियो लियोनले गोल गरेपछि खेल ४–३ को स्थितिमा पुग्यो तर इन्जुरी समयमा करिम बेन्जेमाले गोल गरेपछि खेल रियलले आफ्नो पक्षमा पार्यो । गत हप्तामा रियलले च्याम्पियन्स लिगमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पेरिस सेन्ट जर्मेनलाई ३–१ गोलअन्तरले गराएको थियो । एक खेल कम खेलेको रियल ला लिगाको चौथो स्थानमा सिमित छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १७ अंकले पछि रहेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा १० अंकले पछि परेको छ ।
उता, एथ्लेटिको म्याड्रिडले पनि एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सामाथि दबाब कायम राखेको छ । २–० को जीत निकाल्ने क्रममा एथ्लेटिकोका लागि केभिन गामेरियो र डिएगो कोस्टाले एक–एक गोल गरे । एथ्लेटिको आएपछि उनको यो चौथो गोल हो । एथ्लेटिको बार्सिलोनाभन्दा ७ अंकले पछि रहेको छ । अन्य खेलमा भिल्लेरियाल भने एस्पानियोसँग १–१ को बराबरीमा रोकियो भने रियल सोसिडाडले लेभान्तेलाई ३–० गोल अन्तरले पराजित गर्यो ।