Friday 1st July 2022

    नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न       प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

Monday, February 19, 2018 National Power

७ फागुन, बाजुरा – बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ । लामो समयदेखि खडेरी प्रभावित हुँदै आएका स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटालगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभएको छ ।

उहाँले खडेरीले बढी प्रभावित बनेका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका वासिन्दाले खाद्यान्न माग गरेको प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो । प्रजिअ क्षेत्रीले दिएको जानकारीअनुसार चार स्थानीय तहमा सिँचाइ नहुने, हिउँदे बाली नउम्रने र पानीका मूल सुकेर गएका कारण वर्षेनी ५० देखि ६० प्रतिशत उत्पादन घट्दै गएकाले चरम खाद्यान्न अभाव हुनाका साथै भोकमरी हुने सम्भावना देखिएकाले खाद्यान्नको माग गरिएको उहाँको भनाइ रहेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकबाट आपूर्ति मन्त्रालयमा पत्र पठाइसकेको जिल्ला दैवी प्रकोप समितिले जनाएको छ । खडेरी प्रभावित क्षेत्रका लागि कबाडी खाद्य डिपो, कोल्टी खाद्य संस्था र मार्तडी खाद्य संंस्थानमार्फत खाद्य ढुवानीका लागि आवश्यक व्यवस्था गर्न निर्णय गरिएको प्रजिअ क्षेत्रीले राससलाई बताउनुभयो ।