Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कामसूत्र अनुसार यस्तो पुरुषप्रति स्त्रीहरु हुरुक्कै हुन्छन्

Monday, February 19, 2018 National Power

७ फागुन, काठमाडौँ  – कामसूत्रको अर्थ सेक्स मात्र होइन । कामसूत्रले यौनसँगै अरु थुप्रै कुराको उल्लेख गरेको । यसबाट के थाहा हुन्छ भने, यौनको सन्दर्भमा सदियौं अगाडिको सामाज निकै सजग थिए । अहिले हामीकहाँ वलात्कार लगायत यौनजन्य हिंसा अत्याधिक बढेको छ । यौनमा आएको विकृतिकै कारण यसलाई अपराध ठान्ने गरिएको छ । युवाहरु यौन(विकारले ग्रस्त छन् । यौनको चर्चा गर्दा लाज मान्नुपर्ने अवस्था छ । जबकी यौन प्राकृतिक कुरा हो । स्वभाविक प्रक्रिया हो ।

यौन फगत मनोरञ्जन होइन । यसको आफ्नै महत्व छ, दायरा पनि । अनुशासित यौन जीवनले मानसिक र शारीरिक स्वास्थ्यमा ठूलो फाइदा पुर्‍याउने कुरा विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । यौनलाई व्यवस्थित र अनुशासित बनाउनका लागि पुस्तक नै लेखिएको थियो, कामसूत्र । कामसूत्रले सदियौबाट रतिक्रिया र संभोगको बारेमा निर्देश गर्दै आएको छ । यो पुस्तक ४ सय ईशापूर्व र २ सय ईश्वीको बीचमा लेखिएको थियो । यो पुस्तकले संभोगको पोजिसनसाथै लभ लाइफसँग जोडिएको महत्वपूर्ण कुरा उल्लेख छ ।

कामसूत्रले पुरुषको यस्तो गुणबारे बताएको छ, जसले स्त्रीलाई लोभ्याउने सामथ्र्य राख्छ । 
यहाँ सोहि कुरा चर्चा गरिएको छ ।
महत्वकांक्षी र उत्साही
कामसूत्रका अनुसार जो पुरुष महत्वकांक्षी र उत्साहित छन्, उनीहरुले स्त्रीलाई सजिलै आकषिर्त गर्न सक्छन् ।
साहसी र शूरवीर
कामसूत्रमा उल्लेख गरिएको सूत्र अनुसार साहसी र शूरवीर पुरुषले सधै महिलालाई आकषिर्त गर्न सफल हुन्छन् ।
विद्वताको गुण
कामसूत्रका अनुसार विद्वता त्यही गुण हो, जो पुरुषमा हुनुपर्छ । यस्तो गुणले भरिपूर्ण पुरुषले महिलालाई रिझाउन सफल हुन्छन् ।
भावना बुझ्ने
जो पुरुषमा विश्वास र अरुको भावना बुझ्ने गुण हुन्छ, उनीहरु स्त्रीलाई रिझाउन सफल हुन्छन् ।
कथा सुन्ने गुण
कामसूत्र अनुसार जुन पुरुषमा कविता वा कथा सुन्ने गुण हुन्छ । अर्थात उनीहरु त्यस्ता कथा सुनाउन समेत माहिर हुन्छन्,
उनीहरुले सजिलै स्त्रीलाई आकषिर्त गर्न सक्छन् ।
स्थायी प्रेम
कामसूत्रका अनुसार हरेक स्त्री पुरुषबाट त्यही कुरा अपेक्षा गर्छन्, कि उनीहरुले आफ्नी पार्टनरलाई स्थायी रुपले प्रेम गरोस् ।
अर्काको निन्दा नगर्ने
कामसूत्रमा उल्लेख गएको गुण अनुसार पुरुष त्यागी हुनुपर्छ । साथै अर्कोको निन्दा गर्ने बानी उनमा हुनुहुँदैन ।
शक्तिशाली
शक्तिशाली पुरुषपनि स्त्रीले रुचाउँछन् । साथै महिलाप्रति प्रेमपूर्वक र सम्मानजनक व्यवहार गर्ने पुरुषलाई स्त्रीले रुचाउँछन् ।
परस्त्रीप्रति मोहित नहुने
कामसूत्र अनुसार जो पुरुष कुनै पनि स्त्रीप्रति मोहित हुँदैनन्, उनीहरु श्रेष्ठ मानिन्छन् । 
यस्तो गुणले भरिपूर्ण पुरुषलाई स्त्रीले रुचाउँछन् ।
बिना कन्फ्युजनका साथ काम गर्ने
कुनैपनि काम गर्दा द्विविधाग्रस्त हुने पुरुषलाई स्त्रीले रुचाउँदैनन् । 
आत्माविश्वासले भरिपूर्ण र कुनैपनि काममा द्विविधा नराख्ने पुरुषलाई स्त्रीले रुचाउँछन् ।