Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

ट्राफिक अपडेट

Sunday, February 18, 2018 National Power

६ फागुन, काठमाडौं –  उपत्यका भित्रका खबरहरु
विहानको पिक आवरको सुरुवात हुने क्रमसँगै उपत्यका स्थित कोटेश्वर हुँदै चल्ने सवारी साधन क्युमा चल्दै, उपत्यकाका अन्य मुख्य सडकमा पनि सवारी साधनको संख्या बाक्लिदै
ललितपुरको महालक्ष्मी नगरपालिका ७ सानोगाँउमा गएराती मदिराको नशामा स्कुटर चलाउँदा दुर्घटना भएर चालक घाइते, ललितपुरकै भैसेपाटीमा हिजो साँझ ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिला घाइते
भक्तपुरको सुडालमा पनि हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते, घाइते मध्ये १ जनाको अवस्था भने गम्भीर
उपत्यकाका विभिन्न स्थानबाट गएको २४ घण्टामा ११५ जना व्यक्तिहरु महानगरीय प्रहरीको नियन्त्रणमा
ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार १ सय ६० जना सवारी चालकहरु हिजो उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीको कार्वाहीमा

उपत्यका बाहिरका खबरहरु
मकवानपुरको हेटौडा उपमहानगरपालीका ११ र ९ मा हिजो बेलुकी भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु, महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीमा पनि गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको गयो,
दाङको घोराही उपमहानगरपालिका १० सौडिकुलामा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जना घाइते, लम्जुङको सुन्दरबजार नगरपालिका ९ पहिरेमा भने गएराती मोटरसाइकल पल्टिदा चालक गम्भीर घाइते
ओखलढुङ्गाको लिखु गाँउपालिका ९ जिमपाखामा गएराती कुटपिट हुँदा २ जना घाइते, कपिलबस्तुको शिवराज नगरपालिका १ नौडिहवामा पनि हिजो बेलुकी साथीको कुटपिटबाट १ किशोर घाइते,
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीका एक स्थानीयको गोठ र परालको टौवामा गएराती आगलागि, करिब ४ लाखको क्षति
रौतहटको गौर नगरपालिका ७ स्थित मुन्ना होटलबाट पनि हिजो बेलुकी पेस्तोल र गोली सहित ३ जना नियन्त्रणमा, पर्साको विरगञ्ज महानगरपालिका १३ तेजारथ टोलबाट पनि गएराती एउटा पेस्तोल र त्यसमा लाग्ने म्याग्जिन सहित १ युवक पक्राउ
पर्साको विरगञ्ज महानगरपालिका २८ बगहीबाट पनि गएराती अन्दाजी २८ केजी गाँजा सहित १ महिला प्रहरीको नियन्त्रणमा