Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

खारेज हुँदैछ देउवा सरकारका नियुक्ति र निर्णय

Saturday, February 17, 2018 National Power

५ फागुन,  काठमाण्डौ  – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गैरकानुनी नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ ।

यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययन गरेर एकमुष्ठ रुपमा खारेज गर्ने तयारी भएको ओलीनिकट नेताले बताएका छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

एमाले नेता अग्निप्रसाद खरेलले भने,”निर्वाचन आचारसंहिता लागेको बेला र जनमत आइसकेको अवस्थामा गरिएका सबैखाले नियुक्ति र निर्णय स्वभाविक रुपमा खारेज हुनेछन् ।”

पछिल्लो समय देउवा सरकारले गरेका नियुक्ति र निर्णप्रति वाम गठबन्धनको शीर्ष नेतृत्वले आपत्ति जनाउँदै आएको थियो ।