Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

सिन्धुपाल्चोकमा मिनी ट्रक दुर्घटना हुँदा ३ को मृत्यु

Friday, February 16, 2018 National Power

४ फागुन, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसेमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे(कोदारी सडकखण्डको बोर्डल्याण्ड नजिकै दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक बाह्रबिसे नगरपालिका ८ निबासी शेखर अधिकारी, सोही वडाका सुब्बा अधिकारी र कमल अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।  गाडी सडकबाट १६० मिटर तल भोटेकोसी नदीमा खसेको थियो ।