Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

२५ करोडको वैदेशिक रोजगार बचत पत्र बिक्री सुरु

Thursday, February 15, 2018 National Power

३ फागुन, काठमाडौं – नेपाल राष्ट्र बैंकले वैदेशीक रोजगारीमा रहेका र त्यहाबाट फर्किएको चार महिना नकटेकाहरुको लागि २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र २०७९ ख जारी गरिरहेको छ । यो बचत पत्रमा बार्षिक १० प्रतिशत ब्याजदर पाइने छ भने ब्याज भुक्तानी ६र६ महिनामा भुक्तानी हुनेछ । पाँच वर्षसम्म यस्तो बचत पत्र फिर्ता नहुने भएपनि आवश्यक परेका बैंक तथा वित्तयि संस्थामा धितो राखेर ऋण लिन सकिने सुविधा भने हुनेछ ।

घटिमा पाँच हजार र बढिमा पाँच हजारले निशेष भाग जाने रकम बराबरको लागनी गर्न सकिनेछ । वैदेशिक रोजगारीमा रहेकाकाले परिवारको नाममा पनि ऋणपत्र खरिद गर्न सक्छन् । गैर आवासीय नेपालीले यसमा लगानी गर्न सक्नेछन् ।

फागुन ३ गतेदेखि फागुन २३ गतेसम्म बिक्री खुला हुनेछ । नेपाल भित्र सिटिजन्स बैंक, एनएमबी बैंक, नबिल बैंक, माछापुच्र्छे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, आईएमई लिमिटेड र सेवा रेमिटमार्फत ऋणपत्र खरिद गर्न सकिनेछ ।

कतार, कुवेत, युएइ, जापान, साउदी अरेबिया, कोरिया, मलेसिया, इराक, भारत, अमेरिका, दक्षिण कोरिया र इजरायलबाट पनि आवेदन दिन सकिनेछ । त्यहा, आईएमई लिमिटेड, सिटी एक्सप्रेस, प्रभु बैंक, प्रभु मनि, सेञ्चुरी कमर्सियल र सनराइज बैंकबाट आवेदन दिन पाइनेछ ।